मनोरञ्जन

यी ४ कलाकार जस्ले ऐश्वर्याको मजाक उडाएर आलोचनाको शिकार बने

यी ४ कलाकार जस्ले ऐश्वर्याको मजाक उडाएर आलोचनाको शिकार बने

बलिउडकी चर्चित कलाकार हुन् ऐश्वर्या राय बच्चन । उनी अभिनयको कारण भन्दा पनि रुपको कारण चर्चामा आउने गर्छिन् । बलिउडमा उनलाई माया गर्नेहरुको दर्शक देखि बलिउड हलिउड धेरै नायक नायिकाहरु उनलाइ माया गर्छन् । तर उनको खुलेर बिरोध गरेर ट्रोलको शिकार भएका केहि कलाकारको बारेमा केटीएम दैनिकले चर्चा गर्दैछ ।

करिना कपुर :

फिल्म हिरोइनको लागि ऐश्वर्या राय बच्चनलाई करिना कपुर खानले रिप्लेस गरेको थिइन् । ऐश्वर्याको पेटमा बच्चा भएका कारण उक्त्त रोल करिनाको हातमा परेको थियो । पछि करियाले ऐश्वर्या र मलाई तुलना गर्न मिल्दैन हामी बेग्ला बेग्लै जेनेरेसनको हो भनेर जवाफ फर्काएकी थिइन् ।

सोनम कपुर :

सोनम कपुरले ऐश्वर्या राय बच्चनलाई लोरियल को ब्रान्ड एम्बास्टरको रुपमा रिप्लेस गरेको थिइन् । त्यहाँ भएको समारोहमा उनले ऐश्वर्या आन्टी भनेर सम्बोधन गरिन् । ऐश्वर्यालाई किन आन्टी भनेको भनेर पत्रकारको प्रश्न तेर्सिन नपाउँदै उनले भनिन् , “मेरो बुबासँगै काम गरेकोलाई मैले आन्टी नभनेर दिदी भन्नु त ?” तर पछि उनले फेरि मैले भनेकै छैन भनेर माफी मागिन् ।

इमरान हास्मी :

इमरान हास्मिले कफी विथ करणको कार्यक्रममा ऐश्वर्या राय बच्चनलाई प्लास्टिक भने । त्यसपछि ऐश्वर्या पनि धेरै दुखी भएकी थिइन् ।

बिवेक ओवराय :

बिवेक ओवरायले प्लास्टिक स्माइल र प्लास्टिक अनुहार भनेर ऐश्वर्या लाई भनेका थिए । ऐश्वर्यासँगको रिसिभिका कारण उनले आफ्नो रिस पोखेका थिए । पछि उनी आफै ट्रोलको सिकार भए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७