मुख्य समाचार

राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने सरकारको निर्णय

राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने सरकारको निर्णय

कोरोना भाइरसको बढ्दो सं-क्रमणलाई मध्यनजर गैर्दै सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । यो निर्णय बिहीबारदेखि लागू हुने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने तर अत्यावश्यक सेवामा भने यो निर्णय लागू नहुने निर्णय भएको बताए ।

यसअघि सरकारले बिहीबारबाटै लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोरविजोर प्रणाली लागू गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७