मुख्य समाचार

प्रतितोला सुनको मूल्य १ लाख नाघ्यो

प्रतितोला सुनको मूल्य १ लाख नाघ्यो

काेराेना भाइरसको महामारीले बिश्वलाइ हल्लाएकाे छ । त्यसका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा बुधबार अप्रत्याशित रुपमा बढ्दै गएकाे छ । मंगलबार प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको पहेंलो धातुमा बुधबार एक हजार ६ सयले वृद्धि भएको हो ।

बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार चार सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख ९०० निर्धारण

अहिले बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार चार सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख ९०० निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ ।

एक तोला सेतो धातुको मूल्य बुधबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ । कोभिड–१९ को संक्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०२४.५३ अमेरिकी डलर कायम भएको छ । त्यसैगरी प्रतिऔँस चाँदी २५.९६ अमेरिकी डलर निर्धारण भएको छ । त्यसरी नै सुनकाे मुल्य दिन प्रति दिन बढ्दै गएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७