मनोरञ्जन

यी ३ चर्चित अभिनेता, जाे बाबुका कारण बलिउडमा स्थापित भए

यी ३ चर्चित अभिनेता, जाे बाबुका कारण बलिउडमा स्थापित भए

हामिले सुनेकाे र बुझेकाे अनुसार धेरै जसाे कलाकार हुनु अघि उनकाे परिवारमा काेहि न काेहि कलाकार भएकै हुन्छ । त्यस्तै बलिउडका केही यस्ता चर्चित अभिनेता छन् जो आफ्नो पिताका कारण बलिउडमा आफुलाई स्थापित गराउन सफल भएका हुन् ।

सुरुका दिनहरुमा ती स्टारहरुलाई घरेलु व्यानरबाहेक अन्य फिल्म निर्माताले भने पत्याएका थिएनन् । तर, विस्तारै समय बित्दै गर्दा उनीहरुले आफ्नो स्टारडम भने बनाउन सफल भए । केही अभिनेताहरु आज पनि उत्तिकै चर्चित र सक्रिय रहेका छन् तर, कतिपयको भने करिअर नै धरापमा रहेको छ ।

बिग बि अमिताभ बच्चनका छोरा अभिषेक बच्चन पनि पिताकै कारण बलिउडमा टिकिरहेका एक अभिनेता हुन् । तर, पछिल्लो समय उनको करिअर धरापमा रहेको छ ।

उनलाई फिल्म निर्माताहरुले पत्याउन छोडेका छन् । होम व्यानरका फिल्ममा उनी देखिदै आएका छन् । त्यस्तै अर्का चर्चित अभिनेता हुन् संजय दत्त ।

सुनिल दत्तले छोरा संजय दत्तलाई बलिउडमा स्थापित गराउन ठुलै संघर्ष गरे । सुनिल दत्तले यो संसार छोडेर गइसके पनि छोरालाई बलिउडमा स्थापित गराउन भने सफल रहे ।

सुरुका दिनमा होम व्यानरका फिल्मबाट बलिउडमा उदाएका ऋतिक रोशन भने पछिल्लो समय आफ्नै बलबुतामा बलिउडमा आफ्नो स्टारडम बनाउन सफल भएका छन् । राकेश रोशनले उनको करिअर जोगाउन ठुलै संघर्ष गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७