मुख्य समाचार

डोनाल्ड ट्रम्पले कमिशन मागेपछि…

डोनाल्ड ट्रम्पले कमिशन मागेपछि…

अहिले सामाजिक संजालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटकलाई अमेरिकी कम्पनी माइक्रोसफ्टले किन्दा अमेरिकाले कट अर्थात कमिशन पाउनुपर्ने बताएकाे सामाचार निकै भाइरल भएकाे छ । यो व्यवसाय जगतको लागि अभूतपूर्व घटना हो । यसअघि सम्भवतः कुनै पनि राष्ट्राध्यक्षले यसरी व्यवसायिक कम्पनीसँग कमिशन मागेका थिएनन् ।

यो मूल्यको ठूलो प्रतिशत हिस्सा अमेरिकाले पाउनुपर्छ किनकि हामीले यो कारोबारलाई सम्भव बनाएका छौं । हामी यो चाहन्छौं र हाम्रो यही मान्यता छ कि यसको एक ठूलो प्रतिबत हिस्सा हामीले पाउँ, हाम्रो कोषमा आओस् ।’

चिनियाँ कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी कारोबार बेच्न बाध्य हुनुपरेको छ किनकि राष्ट्रपति ट्रम्पले यसअघि अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । टिकटकका अनुसार अमेरिकामा उसका १० करोड प्रयोगकर्ता छन् । यसअघि भारतले सुरक्षाको कारण देखाउँदै टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । टिकटकको ठूलो संख्यामा प्रयोगकर्ता भारतमा पनि थिए ।

‘मैले बुझ्न सकिरहेको छैन कि ट्रम्पले के सोचिरहेका छन् । के अमेरिका यो जबरजस्तीको कारोबारमा आफ्नो ‘भिग’ हासिल गर्नेछ ?’

ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै भने ‘यो मूल्यको ठूलो प्रतिशत हिस्सा अमेरिकाले पाउनुपर्छ किनकि हामीले यो कारोबारलाई सम्भव बनाएका छौं । हामी यो चाहन्छौं र हाम्रो यही मान्यता छ कि यसको एक ठूलो प्रतिबत हिस्सा हामीले पाउँ, हाम्रो कोषमा आओस् ।’

अमेरिकी अर्थविज्ञ हल सिंगरे भने ‘मैले बुझ्न सकिरहेको छैन कि ट्रम्पले के सोचिरहेका छन् । के अमेरिका यो जबरजस्तीको कारोबारमा आफ्नो ‘भिग’ हासिल गर्नेछ ?’ भिग एक किसिमको अपशब्द हो जसको अर्थ कुनै ऋणमा गैरकानुनी तरिकाले ब्याजमा हिस्सा लिनु वा जुवामा दलालमार्फत शुलक असुल्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७