विश्वका प्रत्येक देशमा आ-आफ्नै नियमहरु हुन्छन् । तर कतिपय ठाउँका नियमहरुले हामीलाई अचम्ममा पार्ने गर्दछ । आमरुपमा
हामी हिँड्दा खुट्टाले जमिनमा चाप दिने भएकाले आवाज निस्किन्छ । अझ चप्पल लगाएर हिँड्दा त चप्पलले पाइताला हिर्काएको आवाज आउँछ ।
तर इटालीको काप्री टापुमा एउटा अचम्मको नियम छ । काप्री टापुमा यदि यसरी हिँड्दा आवाज निकाल्नुभयो भने कारवाही भोग्नुपर्छ ।
वास्तवमा यहाँ खासगरी केटीहरुले चप्पल लगाएर हिँड्दा चप्पलबाट आवाज निकाल्न निषेध छ । यसरी चप्पल पड्काएर हिड्नुलाई अप-राध मानिन्छ
एजेन्सीको सहयोगमा