मनोरञ्जन

आँपको खिर यसरी बनाउनुस्

आँपको खिर यसरी बनाउनुस्

आँपलाई फलफूलको राजा भनिन्छ । अहिले आँपको सिजन रहेको छ । नेपालको अधिकांश स्थानमा आँप उत्पादन हुने गरेको छ । तराई र गर्मी स्थानमा भने बढी उत्पादन हुन्छ ।

विभिन्न जातका आँप बजारमा पाइन्छ । धेरै आँप नेपाली बजारमा भारतबाट आउने गरेको छ । आँप हरियोमा अचार बनाएर खान, नुन खोर्सानीसँग खाँदाको मज्जा बेग्लैछ । पाकेपछि त यसको स्वादको व्याख्या गर्न सकिन्न ।

काँचो आपलाई सुकाएर पछि खाने गरि अचार राख्न पनि सकिन्छ । आँपका विभिन्न परिकार बनाएर पनि खान सकिन्छ भन्ने तपाईलाई थाहा छ ?

बजारमा अहिले आँपको सिजन पनि रहेका कारण हामीले उल्लेख गरे जसरी आँपको खिर बनाउनु भयो भने तपाईलाई मिठो लाग्न सक्छ ।

यसरी बनाउनुस् आपँको खिर:

आवश्यक सामग्री : पाकेको आँप २ पिस, चामल भिजाएको २०० ग्राम, दूध १ लिटर, चिनी १५० ग्राम, हरियो, सुकुमेल आधा चम्चा, आलमन्ड चप १ चम्चा, पिस्ता चप १ चम्चा।

विधिः नन इस्टिक प्यानमा दूधलाई उमाल्ने र चामललाई राम्ररी पखालेर दूधमा हाल्ने। चामल राम्ररी पाक्न थालेपछि आगोको आँच कम गर्ने। त्यसपछि चिनी हाल्ने। सुकुमेलको धुलो, पिस्ता र आलमन पाउडर पनि हालेर पकाउने।

पाकिसकेपछि अन्त्यमा एक चमच नेपाली घ्यु हालेर साइड लागाउने। राम्ररी पखालेर ताछेको आँपलाई कोयाविहीन हुनेगरी छोडाउने र मिक्सरमा पिस्ने र खिरमा मिक्स गर्दिने। केही समय ठन्डा भएपछि चप आँप, पिस्ता चप र केसर हालेर सर्ब गर्ने। यो डेजर्ट अत्यन्त स्वादिष्ट र स्वस्थकर मानिन्छ। यस्तो खिर आउँदा यसको स्वाद आँपको बन्न जान्छ । ्

आँपको खिर बिनाचामल पनि बनाइन्छ। दूधलाई लामो समय उमालेर बानाएको रबरीमा पाकेको आँप चप गरेर मिक्स गरी तयार गरिन्छ र यो झन् राम्रो खिर मानिन्छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७