समाचार

कोरोना महामरीकोबिचमा अमेरिकाको क्यालिफोर्निया फेरी अर्को विपत

कोरोना महामरीकोबिचमा अमेरिकाको क्यालिफोर्निया फेरी अर्को विपत

काेराेनाकाे माहामारीमा देशबिदेशभर रहेका मानिसले दु खक ष्ट भाेकेका छन् । त्यस्तै काेभिड १९ काे माहामारीकाे बेला अमेरिकाको क्यालिफोर्निया जंगलमा भीषण डढेलो लागेको छ । शुक्रबारदेखि लागेको भीषण डढेलोका कारण ८ हजारभन्दा बढी मानिस विस्थापित भइसकेको बताइएको छ ।

क्यालिफोर्नियाको डढेलो नियन्त्रण विभागले स्थानीय नागरिकलाई सुरक्षित स्थानमा गएर बस्न आह्वान गरेको छ

अन्तराष्टिय मिडियाका अनुसार एप्पल फायर नाम दिइएको डढेलो आइतबारसम्म २० हजार एकड जंगल क्षेत्रमा फैलिसकेको बताइएको छ । क्यालिफोर्नियाको डढेलो नियन्त्रण विभागले स्थानीय नागरिकलाई सुरक्षित स्थानमा गएर बस्न आह्वान गरेको छ।

डढेको नियन्त्रणका लागी १३ सयभन्दा बढी फायर फाइटर्स आगलागी नियन्त्रणमा जुटेको बताइएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा यसको धेरै असर देखिएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७