मनोरञ्जन

निरूता सिंहले मुख खोलिन्- आखिर को हुन् उनका महानायक-महानायिका ?

निरूता सिंहले मुख खोलिन्- आखिर को हुन् उनका महानायक-महानायिका ?

पोखरा- निर्देशक तथा कलाकार दिपाश्री निरौलाले एक टेलिभिजन कार्यक्रममा महानायकबारे गरेको टिप्पणीपछि लामोसामय देखि ‘महानायक को?’ भन्ने बहस चलिरहेको छ।

यसैक्रममा केहि पहिला नायिका निरूता सिंहले अभिनेता भुवन केसीलाई पहिलेदेखि नै ‘सपनाको महानायकको’ रुपमा मानेक बताएपछि पछि उनि बिवादमा तानिएकी थिइन ।

त्यसपछि नायिका सिंहले आफूले राजेश हमाललाई महानायक होइन नभनेको प्रष्ट पारेकी छिन्। साथै उनले सामाजिक सञ्जाल फेसबुकमा ९ बुँदाको धारणा राख्दै नेपाली सिने क्षेत्रमा आफ्ना लागि को महानायक र को महानायिका हुन भन्ने खुलाएकी छिन्।

यस्तो छ उनको फेसबुक स्टाटस

मलाई अचम्म लागेको अनि मैले बूझ्न नसकेको कुरा –

१) मैले कहाँ र कहिले यो लेखेको छु कि मेरो लागी महानायक राजेश हमाल हैन भुवन केसी हो भनेर?

२) मैले मेरो स्टाटसमा आजको कुरा लेखेको हैन, मैले त्यो बेलाको कुरा लेखेको हो जुन बेलामा राजेश दाईले पनि नेपाली चलचित्र जगतमा पाइला राखेको थिएन..जुन बेलामा मैले भुवन केसीको सिल्वर जुबली चलचित्र कुसूमे रुमाल, सम्झना, साईनो लगायत अन्य चलचित्रहरू हेरेको थिएँ‘..

३) मैले त्यो बेलाको मेरो ‘सपनाको महानायक’ भनेर शुद्ध नेपाली शब्दमा लेखेको थिए ”मेरो सपनाको महानायक” यो शब्दको मतलब हाम्रो नेपाली दाजुभाई अनि दिदीबहिनीहरूले नबुझे कै हो त????

४) अब कुरा गरौं महानायकको..मेरो लागी पनि महानायक राजेश हमाल हो..अनि म राजेशदाई लाई सम्मान गर्छु..

५) म नेपाली चलचित्रको एउटा कलाकारको नाताले के मलाई मेरो अग्रज दाई अनि दिदीहरूलाई सम्मान पूर्व उपाधि दिने अधिकार पनि छैन र??? मेरो लागि ति सबै अग्रज कलाकारहरूनै महानायक अनि महनायिका हुन् जसले हाम्रो नेपाली चलचित्र क्षेत्रलाई यहाँ सम्म पुर्याउनुको लागी आफ्नो कलाको योगदान दिनु भएको छ..

त्यसैले मेरो लागी राजेश हमाल लगायत भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, नीर शाह दाई आदि कलाकारहरू पनि महानायक नै हुन..

आज आएर कसैको चम्चागिरी गर्नु जरूरी नै छैन..मैले मेरो नेपाली चलचित्र उद्योगलाई मेरो जीवनको अमुल्य २७ वर्षको योगदान दिई सकेको छु..

त्यसरी नै हाम्रो पहिलो नायिका भुवन चन्द दिज्ज्यु , बसुन्धरा भुसाल दिज्ज्यु, करिश्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मा दीदी आदि कलाकारहरू पनि महानायिका हुन..

यदि म कसैलाई श्रद्धा गरेर महानायक, महानायिका, सूपरस्टार, मेघास्टार या कुनै पनि उपाधि दिउँ..त्यो मेरो नितान्त निजी विचार हो..त्यो मेरो विचार न त म कसैको माथि थोप्न सक्छु न त कसैले मेरो त्यो श्रद्धालाई म बाट छिन्न सक्छ..हामी सबै स्वतंत्र छौ आफ्नो विचार, सोच अनि श्रद्धा दर्शाउनका लागि..

६) मलाई कति जनाले कमेन्टमा लेख्नु भएको रहेछ कि मलाई अब फलो गर्दिन अनि मेरो फ्यान फलोइङ घटछ भनेर..अनि भुवन केसीले मलाई फिल्ममा काम दिन्छ भनेर मैले भुवन केसीको चम्चागिरी गरेको अरे..

म उहाँहरू लाई भन्न चाहनछु कि म नेपाली चलचित्र देखी टाढा रहेको धेरै वर्ष भईसक्यो,, अनि मैले नेपाली चलचित्रमा काम गर्नको लागि आज आएर कसैको चम्चागिरी गर्नु जरूरी नै छैन..मैले मेरो नेपाली चलचित्र उद्योगलाई मेरो जीवनको अमुल्य २७ वर्षको योगदान दिई सकेको छु..त्यसैले मलाई साचो मनले माया गरेर मेरो भावनाको कदर गर्ने मेरो समझदार, माननीय, पूजनीय अनि ढोगनिय! मात्र दर्शक, फ्यान पनि काफ़ी छ मेरो लागि..

७) मलाई आज सम्म माया अनि सम्मान दिनु हुने साथै मैले भन्न खोजेको कुराको सही मतलब बुझी दिनुहुने मेरो सम्पूर्ण समझदार,माननीय, पूजनीय अनि ढोगनिय दर्शक,फ्यानहरूमा म निरूता सिंह दुई हात जोड़ी हृदय देखी नै धन्यवाद टक्राउदछु..

८) अन्त्यमा कसैको स्टाट्सलाई राम्ररी नपढी,नबुझी त्यो स्टाट्सले भन्नै नखोजेको कुराको जब्बर’जस्ति ग’लत मतलब निकालेर यो नै भन्न खोजेको भनेर गा-ली गर्नु कुनै पनि हिसाबले उचित हो जस्तो मलाई लागदैन.. भलै त्यो स्टाट्स मेरो कुनै दु’श्मन कै किन नहोस..

९)आज सारा विश्व को’रोना महामा’रीसंग ल-डिरहेको छ..भोली के हुन्छ कसैलाई थाहा छैन, तर यहाँ हामी भने ‘महनायक को’ शीर्षकको ल’ड़ाईमा नै अल्झी रहेका छौ..भगवान श्री पशुपतिनाथले हामी सम्पूर्ण नेपालिहरूलाई सतबुद्धि दिउन..दुई दिनको यो छोटो जिन्दगीमा सबै मिलीजुली रहने अनि एक अर्काको भावनाको कदर गर्ने विचार सबैमा जगाई दिउन..

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७