मुख्य समाचार

साउन २० गते मंगलवारको राशिफलः यी राशिका लागि अशुभ

साउन २० गते मंगलवारको राशिफलः यी राशिका लागि अशुभ

२०७७ साल भाद्रकृष्णपक्ष श्रावण २० गते मंगलवार प्रतिपदा तिथि

मेष :

पिताजी सँग मिलेर गरेको काम वाट आर्थिक लाभ हुनुका साथै रोकिएको काम वन्नेछ ।साहित्यक्षेत्रको कार्यक्रममा सहभागीता हुन पाइन सकिन्छ । मनमा आनन्द छाउने छ ।

वृष :

अचानक आर्थिक लाभको समय छ । व्यपार व्यवसायमा भने राम्रो हुदै जानुका साथै फसेको सामान वा नगद आउने छ । घर परिवारमा मन रमाउनुका साथै यात्राको अवसर प्राप्त होला।

मिथुन :

दाम्पत्यजीवनमा मत मतान्तर थियो भने कम भइर जानुका साथै सम्वन्धमा मधुरता छाउने छ । पाटनरमा मिलेर गरेको व्यपारमा फाइदाको साथै धन वृद्धि हुनेछ ।

कर्कट :

स्वास्थ्य समस्याले ठूलोरुप लिन सक्छ सतर्क रहनु होला । शत्रुको कारण काममा अवरोधको साथै मनमा अशान्ति हुन सक्छ । जागीरमा भने प्रसम्साको पात्र वन्नसक्नुहुनेछ ।

सिंह :

लगानि गर्नु पूर्व धेरै सोचरे मात्र गर्नु होला । प्रेमलाइ विवाहमा परिणत गर्न चाहानु हुन्छ भने राम्रो समयछ । मनमा आनन्दको साथै सुख छाउनेछ ।

कन्या :

कृषि क्षेत्रवाट लाभको साथै चौपायको सुखा प्राप्त होला । मनमा भएको संखा वा रिस कम भएर जानुका साथै साथी भाइसँगको सम्वन्धमा सुमधुरता छाउने छ ।

तुला :

कतै रमाइलो यात्रा गर्ने अवर प्राप्त हुनुका साथै जागीरमा पदोन्नतिको सम्भावना छ । नयाकामको अवसर प्राप्त हुन सक्छ तर पाटनरले भने धोका दिने सम्भावना छ ।

वृश्चिक :

अचल सम्पक्ति किन वेचको समय छ । आर्थिक लाभ पनि होला व्यपार वा व्यवसायवाट । गरेको लगानिमा भने समस्या देखा पर्न सक्ला रिसलाइ कन्ट्रोल गरेर काममा जादा राम्रो हुनेछ ।

धनु :

व्यवसायमा प्रसम्सा प्राप्त हुन सक्नेछ । लगानीको साथै साथीभाइ सँगको भेटले मन रमाउने छ । तपाइको शत्रु भएका व्यत्तिहरुपनि मित्र वनेर आउने छन् ।

मकर :

धन लाभको साथै तपाइले विष्वास गरेको व्यत्तिले धोका दिन सक्नेछ । रामाइलो माहोलमा जान पाउने अवसर प्राप्त होला तथा नयाँ व्यत्तिसँगको भेटलो मन रमाउने छ ।

कुम्भ :

विदेश क्षेत्रवाट लाभ प्राप्त होला नयाँ कामको अवसर प्राप्त हुन सक्ला । नया काममा लगानी गर्ने अवसर प्राप्त हुन सक्नेछ । शत्रुको कारण भने अचल धनमा समस्या देखिने छ ।

मीन :

साहित्य क्षेत्रमा मन रमाउनुका साथै नया कामले गर्दा नया साथी भाइ भेटिने छ । घर परिवारमा रमाइलो वातावरण हुनेछ तर आर्थिक समस्या भने पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७