मुख्य समाचार

नेपालका ११ वर्षीय बालकले पत्ता लगाए छुद्र ग्रह

नेपालका ११ वर्षीय बालकले पत्ता लगाए छुद्र ग्रह

काठमाडौँ — नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले सन् २०१६ देखि छुद्र ग्रह खोज्ने अभियान चलाउँदै आएको छ । छुद्र ग्रह खोज्नका लागि देशका विभिन्‍न विद्यालयका विद्यार्थी, शिक्षक तथा खगोल विज्ञानमा इच्छा राख्‍नेहरु यो अभियानमा जोडिन्छन् ।

छुद्र ग्रहहरु पनि आकशीय पीण्ड हुन् र यिनीहरु अन्य ग्रहहरु जसरी नै सूर्यको परिक्रमा गर्छन् । यिनीहरु ग्रहहरुभन्दा धेरै साना हुन्छन् तर पृथ्वीलगायतका अन्य ग्रहहरुमा खस्न सम्भावना धेरै हुन्छन् । मंगल र बृहस्पति ग्रहको बीचमा अनगिन्ती छुद्र ग्रहहरु छन् ।

अहिले उनी १२ वर्षका भए । केही दिनअघि भारतका १४ वर्षीया दुई छात्राहरुले छुद्र ग्रह पत्ता लगाएका थिए

छुद्र ग्रह खोज्‍ने अभियानमार्फत् हालसम्म नासोले ७ सय ८९ वटा पहिलो चरणमा रेकर्ड भए । तीमध्ये दोस्रो चरणमा ७ वटा चाहिँ रेकर्ड भएर प्रोभिजनल नाम समेत पाएका छन् । अर्थात् अन्तरिक्षमा घुमिरहेका लाखौं छद्र ग्रहरुमध्ये ७ वटा छुद्र ग्रहचाहिँ नासोको अभियानमार्फत् थाहा पाइए ।

नेपालबाट पत्ता लगाइएका मध्ये २०१९-जेपी ६० नाम गरेको छुद्र ग्रहचाहिँ केन्द्रीय विद्यालय काठमाडौंमा अध्ययनरत ध्रुव व्यास जोशीले पत्ता लगाएका छन् । तीनकुने निवासी ११ वर्षीय ध्रुव कक्षा ७ मा हुँदा उनले यो ग्रह पत्ता लगाएका हुन् । अहिले उनी १२ वर्षका भए । केही दिनअघि भारतका १४ वर्षीया दुई छात्राहरुले छुद्र ग्रह पत्ता लगाएका थिए । ध्रवले पत्ता लगाएको छुद्र ग्रहको नाम डीएलपी-०००१ दिएका छन् । तर, यसको नाम चाहिँ २०१९ जेपी–६० दिइएको छ । मंगल र बृहस्पति ग्रहबीचमा घुमिरेहको मेन बेल्ट एस्टोरोइड हो ।

गत वर्ष नासोले छुद्र ग्रह खोज्‍ने अभियानका बारेमा सामाजिक सञ्चालमा सूचना राखेको थियो । सानैदेखि खगोल विज्ञानमा रुचि राख्‍ने ध्रुवले त्यसबारे आमालाई सुनाए । ध्रुवकी आमा एकता तीनकुनेस्थित नासा कलेजमा खगोल विज्ञान पढाउँछिन् । ध्रुवले बताएपछि एकताले नासोसँग सम्पर्क गरिन् ।

‘एस्ट्रोनोमीमा केही गर्ने र साइन्टिस्ट वा एस्ट्रोनोमर बन्‍ने मन छ,’ उनले भने, ‘नेपालको पहिलो अन्तरिक्षयात्री बन्‍ने रहर छ ।’

त्यसपछि टिम निर्माण भयो । नासोका अध्यक्ष सुरेश भट्टराईले पनि ध्रुवको छुद्र ग्रह खोज्‍ने इच्छा देखेर प्रभावित भए । नासोले उनलाई अभियानमा सरिक गरायो । ध्रुव भन्छन्, ‘सुरेश सरले मलाई डाटासेट सिकाइदिनुभयो । फस्ट इमेज पाएको थिएँ । एनालाइज गर्ने काम सुरेश सरले भनिदिनुभयो अनि मैले घरबाटै डाटासेटसँग काम गर्न थालेँ । मेरो कजनले पनि मलाई हेल्प गर्नुभयो ।’

निरन्तरको प्रयास र लगनशीलताका कारण उनले प्रिलिमिनेरी एस्टोरोइड पत्ता लगाउन सफल भए । उनले भने, ‘त्यसपछि ४/५ महिनापछि प्रोभिजनलमा मैले खोजेको एस्टोरोइडको नाम आएछ । म धेरै खुसी भएँ, प्राउड फिल गरें ।’

जोशी यस वर्ष पनि छुद्र ग्रह पत्ता लगाउने अभियानमा जोडिएका छन् । खगोल विज्ञानको क्षेत्रमा ठूलो काम गर्नु आफ्नो उद्देश्य रहेको उनी बताउँछन् । ‘एस्ट्रोनोमीमा केही गर्ने र साइन्टिस्ट वा एस्ट्रोनोमर बन्‍ने मन छ,’ उनले भने, ‘नेपालको पहिलो अन्तरिक्षयात्री बन्‍ने रहर छ ।’

ध्रुवले पत्ता लगाएको यो छुद्र ग्रह ‘प्रोभिजनल’मा भएकाले यसबारे अझ विस्तृत जानकारी छैन । नासोका अध्यक्ष सुरेश भट्टराईका अनुसार ध्रुवले पत्ता लगाएको छुद्र ग्रह २० पटक अवलोकन भइसकेको छ । २० पटकको अवलोकनपछि यसले ३.४१ वर्षमा सूर्यलाई एक फन्को लगाउने थाहा भएको छ ।

यो आकशीय पिण्डको भौतिक तथा आवरण हेरेर पुनः अध्ययन गरेपछि थप विवरणहरु प्राप्त हुनेछन् । इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनको माइनर प्लानेट सेन्टरले यसबारे थप अध्ययन गरेर यसको अझ विस्तृत विवरण पत्ता लगाउने भट्टराईले जानकारी दिए ।

कसरी खोजिन्छ छुद्र ग्रह ?

नागरिक वैज्ञानिक अवधारणा अनुसार विश्वका हरेक मुलुकहरुमा वर्षेनी छुद्र ग्रह खोज्‍ने अभियान सञ्चालन गरिन्छ । इन्टरनेशन एस्ट्रोनोमिकल सर्ज कोलाबोरेसन (आईएसएससी)सँगको सहकार्यमा हरेक वर्ष यो अभियान सञ्चालन हुने गरेको छ ।

अमेरिकाको हवाईस्थित पाम-स्टार्स (Pan-STARRS) टेलिस्कोपले अन्तरिक्षमा खिचेको तस्बिरका तथ्यांकहरु एउटा निश्चित सर्भरमा राखेको हुन्छ । अभियानमा संलग्नहरुलाई उक्त सर्भरको एसेस दिएर तथ्यांक निकाल्छन् । एस्ट्रोमेट्रिका नामक सफ्टवेयरको प्रयोग गरेर टेलिस्कोपले खिचेका तस्बिरहरुबाट घुमिरहेको वस्तु खोजिन्छ ।

अभियानमा सहभागीहरुले छुद्र ग्रह भेटेको बताएपछि त्यसलाई भेरिफिकेसनका लागि अमेरिका पठाइने नासोका अध्यक्ष भट्टराईले जानकारी दिए । इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनले भेरिफाइ गरेपछि उक्त छुद्र ग्रहको ‘प्रिलिमिनेरी’ अवस्था हुन्छ । युनियनले भेरिफाइ गरेका छुद्र ग्रहलाई पुनः भेरिफाइका लागि अन्य विभिन्न टेलिस्कोप तथा आफू मातहतका कार्यलयहरुलाई सर्कुलेसन गर्छ । अन्य स्थानहरुमा पनि उक्त छुद्र ग्रह देखिए त्यसलाई ‘प्रोभिजनल’ स्टाटस दिइन्छ । त्यसपछि उक्त छुद्र ग्रहको अध्ययनहरु गरिने गरिन्छ । गोविन्द पोखरेलले इ-कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७