मुख्य समाचार

उपत्यकामा फेरि जोर विजोर लागू गर्न प्रस्ताव

उपत्यकामा फेरि जोर विजोर लागू गर्न प्रस्ताव

सरकारलाई काठमाडौं उपत्यकामा पुन जोरबिजोर प्रणाली लागू गर्न प्रस्ताव आएको छ ।काठमाडौं उपत्यकामा कोरोना भाइरसको
जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोर विजोर लागू गर्न प्रस्ताव गरेको हो ।

मन्त्रालयको प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिमा उक्त प्रस्ताव विचाराधीन रहेको बुझिएको छ । पछिल्लो बैठकमा पनि सो बारेमा छलफल भएको बुझिएको छ तर यसबारे निर्णय भने भएको छैन । सीसीएमसीले निर्णय गरेर मन्त्रिपरिषद्‍मा प्रस्तावका रुपमा गएपछि मात्र यसले औपचारिकता पाउँछ ।’

सरकारले २६ असारबाट निजी सवारी साधानको जोरविजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन दिएको थियो । साथै भदौ १ बाट लामो दुरीको सवारी मात्र हैन घरेलु तथा अन्तराष्ट्रिय उडानहरु पनि संचालन गर्ने सरकारको तयारी छ ।

तर लकडाउन खुला भएसँगै कोरोना संक्रमण बढेको छ भने उपत्यकामा पनि जोखिम थपिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७