मुख्य समाचार

पशुपति आर्यघाटमा जलाउन तयार श-व बरामद

पशुपति आर्यघाटमा जलाउन तयार श-व बरामद

१८ साउन । काठमाडौंस्थित पशुपति आर्यघाटमा दा-हसंस्कारका लागि ठिक्क पारिएको श-व प्रहरीले बरामद गरेको छ ।

५० वर्षीय कृष्ण नेपालीको श-व जला-उन लागेका बेला महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले बरामद गरेको हो । छोराले ह-त्या गरेर दाह-संस्कार गर्न लगेको सुराक पाएपछि श-व बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर ललितपुरको कृष्णको छोरा ३० वर्षीय सन्तोष नेपालीलाई नि-यन्त्रणमा लिएको छ । ललितपुरको गोदावरी–६ का कृष्णको शनिबार उपचारका क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृ-त्यु भयो । श-व आर्यघाट लगियो, गाउँलेलाई मलामी आउन भनियो । तर, गाउँलेभन्दा अगाडि प्रहरी पुगे ।

विहीबार राति म-दिरा पिएका कृष्ण र छोरा ३० वर्षीय सन्तोषको बीचमा झ-गडा भएको थियो । विवाद हुँदा सन्तोषले बुवालाई कु-टे । अनि उनी सुत्न गए । शुक्रबार साँझसम्म बाबु नउठेपछि उनले नेपाली सेनामा कार्यरत दाइलाई ‘बावु बि-रामी भएको’ जानकारी गराए ।

अनि, दाइको सल्लाहमा पाटन अस्पताल लगे । टाउकोमा चो-ट लागेका कृष्णलाई पाटनले छाउनी अस्पतालमा रिफर गर्यो । जहाँ उनको मृ-त्यु भयो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७