मनोरञ्जन

महिलाको विद्रोही स्वर ‘बदला बरिलै’ ट्रेण्डिङमा (भिडियो)

महिलाको विद्रोही स्वर ‘बदला बरिलै’ ट्रेण्डिङमा (भिडियो)

लोकप्रिय गायक प्रकाश सपुतको नयाँ गीत ‘बदला बरिलै’ यतीबेला चर्चामा छ । समाजका सत्ता, शक्ति र सम्पतिको पहुँचमा गरिने बल-त्कारको विषयमा तयार तीज बिशेष गीत ‘बदला बरिलै’ ले अहिले समाजमा नयाँ तरंग नै पैदा गरेको छ।

यो गीत युट्युबमा सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेण्डिङमा आएको छ । साथै छोराछोरीबीचको विभे’द, छोरीहरुले बेहोर्नु परेको जघन्य बला-त्कारको सवाललाई उठान गरिएको छ।

सपुतको शब्द, लय तथा भिडियो निर्देशनमा रहेको गीतमा गायिका देवी घर्तिको आवाज र नायिका केकी अधिकारी लगायतको अभिनय छ। शुक्रबार राति सार्वजनिक गरिएको गीत अहिले युट्युब ट्रेण्डिङको तेस्रो स्थानमा छ।

यस गीतको भिडियो हालसम्म ५ लाख १७ हजार बढी दर्शकले हेरिसकेका छन्। नेपाली लोक सांगीतिक क्षेत्रमा गायक सपुतको ‘बोलमाया’, ‘गलबन्दी’ गीत सर्वाधिक लोकप्रिय गीत हो। त्यसका अलवा रक पपमा झुम्ने युवा पुस्तालाई केन्द्रित गरेर दोहोरी ब्याटलसहित दर्जनौ गीतसमेत उनले श्रोता दर्शक माझ पस्केका छन्। भने म्युजिक भिडियोमार्फत पनि उनि दर्शकसाग जोडिइरहन्छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७