मनोरञ्जन

विश्वकै अग्लो जिराफ जसको नाप लिन बनाइयो विशेष खम्बा

विश्वकै अग्लो जिराफ जसको नाप लिन बनाइयो विशेष खम्बा

अष्ट्रेलियाको एक चिडियाखानामा रहेको जिराफले गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल भएको छ । ‘फरेस्ट’ नामक उक्त जिराफले विश्वकै अग्लो जिराफको कीर्तिमानी दर्ज गरेको हो । १२ वर्ष उमेरको उक्त जिराफलाई दुनियाकै सबैभन्दा अग्लो जीवित जिराफ घोषित गरिएको गिनिज वल्र्ड रेकर्डस्ले जनाएको छ ।

गिनिज बुक अफ वल्र्ड रेकर्डस्का अधिकारीहरुले उक्त जिराफको मापनका लागि एउटा नापवाला विशेष खम्बा बनाएका थिए

यो जिराफ यति धेरै अग्लो छ कि त्यसको जिउको उचाइ नाप्न निकै मुस्किल पर्यो । गिनिज बुक अफ वल्र्ड रेकर्डस्का अधिकारीहरुले उक्त जिराफको मापनका लागि एउटा नापवाला विशेष खम्बा बनाएका थिए । यो जिराफको उचाइ १८ फिट ८ इन्च छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्ड चिडियाखानामा फरेस्ट नामको यो कीर्तिमानी जिराफ छ । अस्ट्रेलियाका वन्यजन्तु संरक्षणकर्मी स्टिभ इरविनको परिवारले उक्त चिडियाखाना सञ्चालन गरिरहेको छ । यस चिडियाखानामा बर्सेनि ७ लाख मानिस घुम्न आउँदछन् ।

इरविन परिवारकी बिन्डी इरविनका अनुसार यो जिराफको जन्म सन् २००७ मा न्युजिल्याण्डको अकल्याण्ड चिडियाखानामा भएको थियो । करीब दुई वर्षपछि त्यसलाई नयाँ घरमा सारिएको थियो ।

आफ्नो चिडियाखानामा सोही फरेस्ट मात्र एउटा भाले जिराफ रहेको बिन्डी बताउँछिन् । चिडियाखानामा रहेका अन्य जिराफहरु फरेस्टको तुलनामा निकै फुच्चे छन् र दुईवटाको उचाइ जोड्दा पनि यसकोजति हुँदैन ।

यो भाले जिराफले आफ्ना आगामी पुस्ता पनि तयार पारिसकेको छ । चिडियाखानाका अन्य पोथी जिराफसँगको संसर्गबाट यसले अहिलेसम्म १२ वटा जिराफको पिता बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७