खेलकुद

नेपाली क्रिकेटर सन्दीप लामिछानेको आज जन्मदिन

नेपाली क्रिकेटर सन्दीप लामिछानेको आज जन्मदिन

नेपाली चर्चित क्रिकेटर तथा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछानेको आज जन्मदिन हो । २ अगस्ट २००० मा स्यागंजामा जन्मिएका सन्दीप नेपालका पछिल्लो पुस्ताका लोकप्रिय कलाकारमध्येका एक हुन् ।

सानै उमेरमा ठूलो आम्दानी समेत गर्न सफल भएका सन्दीपलाई जन्मदिनको अवसरमा विश्वभरका उनले फ्यानले शुभकामनाको ओइरो बर्साइरहे

१६ वर्षको उमेरमा नै राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका सन्दीले पहिलो खेलबाट नै चर्चा कमाए । जसबाट उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत चर्चा बटुले ।

विश्वस्तरीय खेलहरु आईपीएल, सिपिएल, लगायतका प्रतिस्पर्धामा सहभागीता जनाएर विश्वचर्चित बनेका सन्दीले नेपालको नाम समेत संसारभर चिनाउने भूमिका खेलेका छन् । सानै उमेरमा ठूलो आम्दानी समेत गर्न सफल भएका सन्दीपलाई जन्मदिनको अवसरमा विश्वभरका उनले फ्यानले शुभकामनाको ओइरो बर्साइरहेका छन् ।

सन्दीपको टोली जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरु द्ध खेल्दै लिगको सुरुवात गर्ने छ। ३३ खेल हुने सिपिएल अगष्ट १८ बाट सुरु हुँदै

हाल क्यारेवियन प्रिमियर लिग सिपिएल खेल्नका लागि आज वेष्ट इण्डिज गएका सन्दीप अहिले क्वारेन्टिनमा रहेका छन् । सन्दीपको टोली जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरु द्ध खेल्दै लिगको सुरुवात गर्ने छ। ३३ खेल हुने सिपिएल अगष्ट १८ बाट सुरु हुँदैछ ।

सन्दीपको टोलीको खेल भने १९ तारिखबाट सुरु हुने बताइएको छ। सन्दिपले यस वर्षका लागि १ करोड ३० लाख रुपैयाँ लिएर सिपिएलमा गएका हुन् । सन्दीपको शानदार खेल र चर्चाका बिच उनलाई महँगो रकममा जमैका तलावाजले अनुबन्ध गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७