कृषि

बंगुर पालेरै विश्व भ्रमण गर्ने नेपाली (भिडियोसहित)

बंगुर पालेरै विश्व भ्रमण गर्ने नेपाली (भिडियोसहित)

डीबी लामाको काठमाण्डौंमा बंगुर फार्म छ । उनले आफ्नो फर्ममा बंगुर मात्रै नभएर हाँस र व्यवसायिक रुपमा कुकुर पनि पालेका छन् । यसरी पशु पालनमै लागेर डीबी लामाको घर खर्च मात्र होइन जीन्दगी नै चलेको छ ।

उनले बंगुर पालेरनै काठमाण्डौंमा घर बनाए । बालबच्चाको पढाइँ पुरा गरे । यति मात्रै नभएर उनी निकै घुम्न रुचाउने मान्छे । बंगुर, हाँस र कुकुर पालेर भएको आम्दानीले उनी विश्वका धेरै देशहरु घुमेका पनि छन् ।

पुर्वी एसिया र दक्षिण एसियाका प्राय सबै देशहरु घुमे

उनी एक बर्षमा कम्तीमा एकपटक नभएर दुई÷दुई पटक विदेश घुम्नकै लागि जान्छन् । ‘पुर्वी एसिया र दक्षिण एसियाका प्राय सबै देशहरु घुमेकी छु’ उनले भने, ‘म सन् २००४ बाट विदेश घुम्न सुरु गरेको हुँ ।’ उनले नेपालका त प्राय सबै जिल्ला घुमेका छन् ।

यसरी बंगुर, हाँस र कुकुर पाल्दा बार्षिक ३५ लाखदेखि ४० लाखसम्म फाइदा हुने गरेको उनको अनुभव छ । उनको फर्ममा सधैँजसो मासु पाक्ने गर्छ । मासुको झोल बंगुरलाई दिने गरेका छन् भने ह-ड्डी कुकुरलाई अनि मा-सुको चो-क्टा हाँसलाई ।

बाँकी हेरौ भिडियो:

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७