मनोरञ्जन

‘कृष ४’ पछि सिद्धार्थ आनन्दको फिल्ममा देखिँदै ऋतिक

‘कृष ४’ पछि सिद्धार्थ आनन्दको फिल्ममा देखिँदै ऋतिक

कोरोनाभाइरसका कारण रोकिएका बलिउडका फिल्मी कामहरु अहिले बिस्तारै शुरु हुन थालेका छन् । फिल्मका शुटिङहरु सामाजिक दुरी कायम गरी शुरु गर्न थालिएको छ ।

यस्तै, बलिउडका एक्सन स्टार ऋतिक रोशन नयाँ फिल्ममा देखिने चर्चा छ । बलिउडका चर्चित अभिनेता ऋतिक राेशन हालै लकडाउनका कारण शुरु गर्न नपाइएकाे फिल्म क्रिस ४ अब शुटिक शुरु हुने बताएका छन् । उनकाे क्रिस एक देखि तिन सम्मकाे सबै सुपरहिट बनेकाे थियाे ।

भारतिय मिडियाका अनुसार उनी अब कोरोनाको जोखिम कम भए लगत्तै कृष ४ मा देखिने भएका छन् । त्यस्तै उनी अर्को फिल्ममा पनि देखिने भएका छन् । जसलाई वार फिल्मका निर्देशक सिद्धार्थ आनन्दले बनाउने बताइएको छ ।

उनी कुन फिल्ममा देखिने भन्ने नाम खुलिसकेको छैन । निर्देशक सिद्धार्थ आनन्दले नयाँ फिल्मको स्क्रिप्ट ऋतिकलाई सुनाएको भारतिय मिडियामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७