मनोरञ्जन

चर्चामा ‘हामी नाच्ने हो गाउने हो डिस्टर्ब नगर’ (भिडियोसहित)

चर्चामा ‘हामी नाच्ने हो गाउने हो डिस्टर्ब नगर’ (भिडियोसहित)

गायिका प्रीति आलेको स्वर रहेको गीत ‘हामी नाच्ने हो गाउने हो डिस्टर्ब नगर’को भिडियो सार्वजनिक भएको छ । उक्त गीतले छोटो समय मै चर्चामा छ । राजबहादुर सानेको शब्द, संगीत तथा लय रहेको गीतको भिडियो कृष्ण परियारको निर्देशन गरेका छन् ।

भिडियोमा प्रिती आलेसँगै रिया श्रेष्ठ, कसिस दाहाल, सबिता आले, विमला गुरुङ, कमला नेपाली, ज्याक गुरुङ, शिशिर राणा र दीपकजंग शाहीलगायतको अभिनय छ । भिडियो बाबु जिम्बाले कोरियोग्राफी गरेका छन् ।

सौर्यल थापा निर्माता तथा प्रकाश हमाल सह–निर्माता रहेको भिडियोमा युयुस ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । किम्भे प्रोडक्सन युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७