समाचार

ट्रम्पका यी साथीले मान्दैनथे मास्क लगाउन, अन्त्यमा लियो कोरोनाले ज्यान

ट्रम्पका यी साथीले मान्दैनथे मास्क लगाउन, अन्त्यमा लियो कोरोनाले ज्यान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी हर्मन केनको कोरोना भाइरसका कारण मृत्यु भएको छ, उनले काराेना बिरूद्र मास्क लगाउन अस्वीकार गरेका थिए । ७४ वर्षीय केन आफैं कुनै समय रिपब्लिन पार्टीमा राष्ट्रपतिको उम्मेदवारका प्रत्यासी थिए ।

काेराेना भाइरसको संक्र मणपछि केनको मृत्यु भएको जानकारी बिहीबार उनको वेवसाइटमा दिइएको छ । ओख्लाहोमास्थित तुल्सामा ट्रम्पको -यालीमा सहभागी भएर फर्किएको ९ दिनपछि २९ जुनमा केनलाई कोभीड–१९ भएको पुष्टि भएपछि जुलाई महिना अधिकांश समय केनले एटलान्टा क्षेत्रको अस्पतालमा बिताए । तर, यालीमा सहभागी अन्य धेरै व्यक्तिले पनि मास्क लगाएका थिएनन् ।

‘केनको करियर निकै अद्भूत रह्यो र उनीसँग भेट्ने सबैले उनको प्रशंशा गरे, विशेषगरी मैले । उनी धेरै विशेष मान्छे थिए, अमेरिकी राष्ट्रवादी र मेरा महान् साथी,’ ट्रम्पले ट्वीटरमा लेखेका छन् ।

ट्रम्पका धेरै समर्थकहरुले जनस्वास्थविद्हरुको सल्लाह अस्वीकार गरेका छन् र मास्क लगाउन मानेका छैनन्, मास्कले उनीहरुलाई भाइरसको संक्रमणबाट जोगाउनसक्थ्यों, तर उनीहरुले फरक राजनीतिक वक्तव्य दिएका छन् ।

आफूमा कोरोना देखिएको घोषणा गर्नुपूर्व केनले ४ जुलाईमा दक्षिण डाकोटास्थित माउन्ट रुसमोरमा राष्ट्रपति ट्रम्प सहभागी हुने कार्यक्रमबारे जानकारी दिदैं ‘मास्क अनिवार्य छैन’ भनेका थिए । ‘राष्ट्रपति ट्रम्सले सहभागीता जनाउने यस कार्यक्रमका लागि मास्क लगाउनु अनिवार्य छैन, मानिसहरु वाक्क भइसकेका छन्,’ उनले ट्वीट गरेका थिए ।

केनको मृत्युसँगै चर्चित कन्भरभेटिभहरुले समवेदना सन्देश पठाइरहेका छन्, यता उदारवादीहरुले यस अवसरलाई मास्कको प्रवद्र्धनका लागि प्रयोग गरेका छन् । २०१२ को राष्ट्रपति निर्वाचनमा केन पनि रिपब्लिकन पार्टीको आन्तरिक चुनावमा उम्मेदवारका प्रत्यासी थिए । २०१६ को राष्ट्रपतिय चुनावमा उनी ट्रम्पका समर्थक थिए ।

‘हर्मन केन मिस हुनेछन्, उनी अहिलेसम्मकै एक महान् कन्भरभेटिभ आवाजमध्ये थिए, म उनको हँसिलो अनुहार बिर्सनेछैन,’ टि–पार्टी पेट्रियोट्सका सह–संस्थापक जेनी बेथ मार्टिनले ट्वीटरमा लेखेका छन्, ‘केनले आफैंलाई एबीसी म्यान अर्थात् ‘अमेरिकन ब्ल्याक कन्जरभेटिम’ भनेर चिनाउने गरेका थिए र उनले न्युजम्याक्स टिभीमा भर्खरै नयाँ शो सुरु गरेका थिए र २०२० को राष्ट्रपतीय चुनावमा भूमिका खेल्ने आशा थियो ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७