धर्म/ संस्कृति

कहिल्यै क्षमा नमिल्ने जीवनका १२ पाप

कहिल्यै क्षमा नमिल्ने जीवनका १२ पाप

धर्म भनेको के हो र पाप भनेको के हो थाहा पाउदैनन् । शिव पुराणमा कार्य, व्यवहार र सोचद्धारा गरिएको १२ पापबारे वर्णित गरिएको छ, जसमा भगवान शिवले कहिल्ये क्षमा गर्न नसक्ने बताइएको छ ।

मन्दिरमा गएर निर्जीव मूर्तिलाई फूलपाती अक्षता भेटी चढाई ढोग दिनुलाई धर्म भन्छन् भने मन्दिरमा पूजा नगर्नुलाई पाप भन्छन् ।प्रत्यक्ष अप्रत्यक्ष सबैले धेरै थोरै पाप गरेकै छन् कसैले आफ्नो स्वार्थका लागि त कसैले अन्जानमा । यस्ता व्यक्ति सँधै शिवको क्रो’धको शिकार बन्ने र कहिल्यै जीवन सुखी हुँदैन भन्ने विश्वास गरिन्छ ।

सोचेर गरिने पाप

-राम्रो कुरालाई बिर्सेर नराम्रो बाटो पछ्याउँनु पनि पाप हो ।
-कुनै सोझो–सादा व्यक्तिलाई कष्ट दिनु, उसलाई नोक्सान पुर्याउँनु वा धन–सम्पति लुट्ने आदि गर्नु कुनै पनि हालमा माफिको योग्य नहुने बताइन्छ ।

-अर्कोको पति वा पत्नीलाई नराम्रो नजर लगाउँनु वा उसलाई पाउँने इच्छा गर्नु पापको श्रेणीमा राखिएको छ ।
-अर्काको सम्पति आफ्नो बनाउँने चाहाना राख्नु ।

बोलीद्धारा गरिने पाप

-कसैको आत्मासम्मानलाई हानि पुर्याउँने नियतले झू’टो बोल्नु ‘छलको श्रेणीमा राखिएको छ ।
-धर्मले नकारेको चीज खानु वा धर्म विपरित काम गर्नु कुनै पनि हालमा व्यक्तिका लागि स्वीकार्य हुँदैन।

-कुनै पनि गर्भवती महिलालाई नराम्रो बचन लगाउँनु वा आफ्नो कुराले उसको चित्त दखाउँनु पाप मानिन्छ ।
-बच्चा तथा महिला वा अरु कोही पनि कमजोर जीवलाई हिं’सा र असामाजिक कार्यमा संलग्न मानिसलाई पा’पको भागिदार मानिन्छ ।

-गलत तरिकाले अर्कोको सम्पति ह’डप्नु, ब्राम्हण व मन्दिरको चीज चोर्नेलाई पनि पापको श्रेणीमा राखिएको छ ।
-समाजमा कसैको सम्मानमाथि हानि पुर्याउँने नियतले वा उसको पछिबाट कुरा का ट्ने वा अफवाह फैलाउनु पनि क्षमा दिन नसकिने पा’प हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७