क्युट मलिका, कुल मलिका [फोटो फिचर]

क्युट मलिका, कुल मलिका [फोटो फिचर]

हिमालय दैनिक

@हिमालय दैनिक

२०७७ साउन १५ गते बिहिबार ०८:२१

मोडल तथा नायिका मलिका महत फिल्म ‘यात्रा’ बाट चर्चामा आइन् । यो फिल्ममा उनी एक दृष्टिविहीन गायिकाको भूमिकामा थिइन् । सोलुखुम्बुको कुनै गाउँमा रहने यी गायिकालाई केही भ्लगरको टिमले नेपालभर चर्चित बनाइदिन्छ । यही कथामा फिल्ममा देखाइएको...

मोडल तथा नायिका मलिका महत फिल्म ‘यात्रा’ बाट चर्चामा आइन् । यो फिल्ममा उनी एक दृष्टिविहीन गायिकाको भूमिकामा थिइन् । सोलुखुम्बुको कुनै गाउँमा रहने यी गायिकालाई केही भ्लगरको टिमले नेपालभर चर्चित बनाइदिन्छ । यही कथामा फिल्ममा देखाइएको छ ।

उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । मलिकालाई खगेन्द्र लामिछानेको निर्देशन रहेकाे फिल्म ‘पानी फोटो’ मा देख्न सकिएकि छिन् । लकडाउनका कारण यो फिल्मको काम यतिबेला रोकिएको छ ।

फिल्म ‘यात्रा’की हिरोइन हुन् मलिका महत । नयाँ वर्षको अवसर पारेर २९ चैतबाट प्रदर्शनमा आउन लागेको थियाे उनको डेब्यु फिल्म हो । फिल्ममा उनले अभिनेता सलिनमान बनियासँग रोमान्स गरेकी छन् । यो वर्ष डेब्यु गर्ने अधिकांश अभिनेत्री फिल्म रिलिजसँगै हराएका छन् । उनी के गर्लिन् ? ‘हिट हुने कि हराउने दर्शकको मूल्याङ्कनमा भर पर्ने कुरा हो’, उनी बताउँछिन् ।

हुन त फिल्मको प्रचार सामग्री सार्वजनिक भएपछि उनको सुन्दरताको पनि तारिफ गरिएको छ । यसले मात्र हिट हुन नसक्ने उनलाई पनि थाहा छ । अभिनय क्षमता भयो भने सुन्दरताले पनि प्लस गर्ने उनको भनाइ रहेको छ ।

सामाजिक सञ्जालमा मलिका सक्रिय रहने गर्छिन् । उनलाई इन्स्टाग्राममा १ लाख २३ हजारले फलो गरेका छन् । मलिकाले सामाजिक सञ्जालमा अक्सर तस्वीर शेयर गरेकी हुन्छिन् । हेरौं उनले शेयर गरेका केही थप तस्वीर:

प्रकाशित मिति २०७७ साउन १५ गते बिहिबार ०८:२१
प्रतिक्रिया दिनुहोस