अन्तर्राष्ट्रिय

रुसले तयार पारेको कोरोना खोप साउन २८ सम्म आउने दाबि

रुसले तयार पारेको कोरोना खोप साउन २८ सम्म आउने दाबि

अहिले विश्वभर छरिएकाे काराेना भाइ’रसकाे माहामारीबाट धेरै पि’डित बने र धेरैले ज्यान समेत ग एकाे छ । त्यस्तै, काेभिडवरुद्ध रुसले तयार पारेको खोप साउन २६ देखि २८ को बीचमा दर्ता गरिने दाबी गरिएको छ ।

मस्कोस्थित गामालेया रिसर्च इन्स्टिच्युट अफ एपिडेमियोलोजी यान्ड माइक्रोबायोलोजीले विकसित गरेको खोपलाई दर्ता गरेको तीनदेखि सात दिनभित्र सार्वजनिक उपयोगका लागि स्वीकृति दिइने बताइएको छ ।

मानवमाथि यस खोपको सफल परीक्षण यसै महिनाको शुरूआततिर गरिएको थियो । त्यतिखेर त्यसले पहिलो चरणको मानव परीक्षण पूरा गरेको थियो । दोस्रो चरणको परीक्षण जुलाई १३ मा गरिएको थियो ।

कुनै पनि खोप सार्वजनिक उपयोगका लागि स्वीकृत हुन तीन चरणको मानव परीक्षण गर्नुपर्ने हुन्छ र सामान्य परिस्थितिमा त्यो कैयौं महिनासम्म जान सक्छ । तर रुसले दोस्रो चरणको परीक्षण छिटो सकेर तेस्रो चरणमा नगई खोपलाई सार्वजनिक उपयोगमा लगाउन खोजेको देखिन्छ ।

गामालेया खोपलाई अगस्ट महिनामा सशर्त दर्ता गर्न सकिने बताइएको छ । त्यसको अर्थ हुन्छ, तेस्रो चरणको परीक्षण चल्दै गर्दा यसलाई प्रयोगका लागि स्वीकृति दिइनेछ । खोपको उत्पादन सेप्टेम्बर महिनाबाट आरम्भ गरिने अपेक्षा छ ।

मानव परीक्षण पूरा नहुन्जेल खोप स्वास्थ्यकर्मीहरूलाई मात्र दिइनेछ । हामी अाशा राख्छाैँ काेराेना भाइ’रसकाे उपचार क्रममा रूसले पत्ता लगाएकाे अाैषधी छिटाे भन्दा छिटाे बजारमा अाउने छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७