पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहका पुत्र हृदयेन्द्र शाह आजबाट १९ औं वर्षमा प्रवेश गरेकी छिन् । उनकाे जन्मदिनमा शुभकामना दिनेकाे अाइराे लागेकाे छ ।
२०५८ साउन १४ गते काठमाडौंमा जन्मेका हृदयको जन्मदिनको अवसरमा आज उनलाई आफनत, शुभेच्छुक तथा सर्वसाधारणहरुले बिहानैदेखि शुभकामना दिइरहेका छन् ।
भाइको जन्मदिनको अवसरमा उनकी दिदी पुर्णिका शाहले सामाजिक सञ्जालमा शुभकामना दिँदै भाइलाई यसरी आशिर्वाद दिएकी छिन् ।
बाँध्छन् जो अरु, त्यो स्वयं अघि सरी फुस्काइदिन्छौ तिमी
राख्छन् जो अरु, मुक्तहस्त बनि त्यै बाँडेर दिन्छौ तिमी
कस्तो यो छ विचित्र विश्वभरमा आश्चर्य लाग्ने कथा
नेपाली ईतिहास राख्छ सुनमा लेखेर तिम्रो कथा
स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु।
गोहस्तिवाजिधनधान्यसमृद्धिरस्तु।
ऐश्वर्यमस्तु विजयोऽस्तु रिपुक्षयोस्तु
कल्याणमस्तु सततं हरिभक्तिरस्तु
इश्वरस् सदा त्वां च रक्षतु।
३शुभजन्मोत्सव२०७७