शिक्षा

‘मलाई एक बाकस आँखा ल्याइदिन नबिर्सिनु है’

‘मलाई एक बाकस आँखा ल्याइदिन नबिर्सिनु है’

ताप्लेजुङको दुर्गम हिमाली भेगमा जन्मेका सन्दुक रुइतले संघर्षैसंघर्षले खारिएको आफ्नो चिकित्सा करिअरमा १ लाख २० हजारभन्दा बढी दृष्टिविहीनलाई आँखाको ज्योति प्रदान गरिसकेका छन् ।

विश्वप्रसिद्ध सम्मान पाइसकेका रुइतले नेपालको चिकित्सकीय संस्थापनसँग जुध्दै खडा गरेको नेपाल आँखा कार्यक्रम र तिलगंगा आँखा केन्द्र आजपर्यन्त नेपाल र यो क्षेत्रकै विख्यात संस्था वाअभियान मानिएका छन् ।

आफ्नो असाधारण योगदानले अग्लिएका यी विरलाकोटी नेपालीमाथि पत्रकार अली गि्रपरले द बेयरफुट सर्जन नामक जीवनी लेखिन् । खगेन्द्र संग्रौलाले उल्था गरेको यो जीवनी सन्दुक रुइतलाई फाइनपि्रन्टले चाँडै पाठकमाझ ल्याउँदै छ ।

नेपाल आँखा अस्पतालमा फर्किएपछि सन् १९८८ सम्ममा सन्दुक रुइतले इन्ट्राअकुलर मोतियाबिन्दुको श*ल्य-चिकि*त्सालाई कतिसम्म परिमार्जन गरेका थिए भने घा*उ एकदमै सानो बनाए पुग्थ्यो । टाँका मा*र्नु पर्दैनथ्यो । बिरामीका आँखा पनि आफैँ निको हुन्थे ।

आफैँ निको हुने यो श*ल्यक्रि*या पुरानो तरिकाको श*ल्यक्रि*याभन्दा कता हो कता किफायती र सुरक्षित थियो । यसमा श*ल्यक्रि*यापछि मोटो चस्मा लगाउनु पर्दैनथ्यो । आँखा अस्पताल र विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोगमा आफैँले सञ्चालन गरेको दुर्गम क्षेत्रको पहिलो शिविरमा रुइतले आफैँ निको हुने श*ल्यक्रि*या बिरामीहरुका लागि साँच्चि नै कति जीवनदायी हुने रहेछ भन्ने कुरा देख्न पाए । श*ल्यक्रि*या भएको केही दिनपछि बिरामीहरु जुरुक्क उठेर उज्यालो संसार हेर्दै आफ्नै सुरले फटाफट घर जान सक्ने भए ।

रुइत यो क्रान्तिकारी विधिलाई अपनाएर काम गर्ने १ मात्र मानिस थिएनन् । तर अनेक दिन लगातार पैदल हिँडेर, घोडा चढेर वा खटखटाउँदै झङ्ल्याङझुङ्लुङ हल्लाउने थोत्रो बस चढेर यो नयाँ विधिलाई अति दुर्गम समुदायहरुकहाँ पुर्‍याउने ज्यादै ठूलो काम गर्न अरु कोही तत्पर थिएन ।

रुइत मोतियाबिन्दुको आधुनिक शल्यक्रियाको एउटा उत्कृष्ट प्रणाली विकास गर्ने कार्यको सँघारमा पुगेका थिए । यो एउटा त्यस्तो प्रणाली थियो, जसले नेपाल र सारा विकासशील विश्वको आँखा उपचार विधिलाई नै रुपान्तरित गर्न सक्थ्यो । यो काम थाल्न समय परिपक्व भएको थियो ।

तैपनि रुइतले जीवनभरकै भयंकर निराशाको सिकार हुनुपर्‍यो । वरिष्ठ डाक्टरहरुले यी नयाँ विधि अपनाउन कत्ति पनि चासो देखाएनन् । यो विषयको उठान गर्दा रुइतले प्रत्येक पटक अजंगको विरो*ध झेल्नुपर्‍यो । यो कठोर वास्तविकताले के कुराको संकेत गर्‍यो भने रुइतले अब नेपाल आँखा अस्पतालको पद त्या*गे*र आफ्नो उदात्त आकांक्षालाई साकार रुप दिन आफ्नै बाटोमा लाग्नुबाहेक अरु उपाय नहुन सक्छ ।

अ*न्धोप नसम्बन्धी राष्ट्रिय सर्वेक्षणमा काम गर्दाताक रुइतले थुप्रै त्यस्ता नेपालीलाई आफ्नै आँखाले देखेका थिए, जो क्लिनिक वा अस्पतालमा गएर आधुनिक विधिले आँखाको उपचार गराउन नसक्दा दृष्टि वि हीन बन्न अभिशप्त थिए । उनी यो दयनीय स्थितिमा सुधार ल्याउने काम थालिहाल्न आतुर थिए । उनले ग्रामीण भेगमा क्लिनिक खडा गर्ने कार्य सुरु गर्न इन्ट्राअकुलर लेन्स र बोकेर हिँड्न मिल्ने माइक्रोस्कोपको बन्दोबस्त मिलाउने अभियानको थालनी गरे ।

उनको बाटोमा नेपालको नोकरशाहीले पाइलैपिच्छे भयानक अवरोध खडा गर्‍यो । सरकारी अस्पतालको कनिष्ठ डाक्टरको नाताले उनको हातमा न कुनै प्राधिकार थियो, न त शक्ति नै । उनलाई के कुरा खुलस्त भयो भने आफ्नो सपनालाई साकार रुप दिन उनले सरकारी अस्पताल, त्यसभित्रको जडता र भ्र ष्टाचा रसँग नाता नतोडी धरै छैन । त्यो भयंकर काम थियो । त्यो काम एकदमै जोखिमपूर्ण थियो । त्यसो गर्ने कार्यलाई नेत्र चिकि त्सा फाँटका बोसहरु देश*द्रोहका दृष्टिले हेर्न सक्थे ।

सबैभन्दा ठूलो अवरो*ध- एउटा इन्ट्राअकुलर लेन्सलाई करिब २ सय डलर पथ्र्यो । नेपालको कुनै गाउँलेलाई त्यति कमाउन ६ महिनाजति लाग्थ्यो । नेपालका सम्भ्रान्तहरु त आँखाको सामान्य श*ल्यक्रि*या गराउन विमानमा सवार भई दिल्ली, बैंकक वा युरोप जान सक्थे ।

नेपालका अनुमानित ६० हजार अन्धोपन भएका गरिबका लागि भने यी प्लास्टिकका ससाना टुक्राको मोलले गर्दा आँखाको यो सामान्य श*ल्यक्रि*या पनि आकाशको फल आँखा तरी मर् भनेजस्तै थियो ।यी लेन्सहरु महँगा त थिए नै, अझ त्यसमाथि यिनलाई पाउन बडो कठिन थियो । रुइतको १ मात्र स्रोत भन्नु नै पश्चिमा मुलुकका मिति गुजि्रएसरहका पुराना ढाँचाका लेन्स थिए । इन्ट्राअकुलर लेन्सहरुका ढाँचा तीव्र गतिमा बदलिँदै थिए ।

विकासशील मुलुकहरुमा भने यी अझै राम्ररी काम लाग्थे । त्यसले गर्दा उत्पादकहरु यी थोत्रा लेन्स विकासशील मुलुकहरुलाई अनुदान दिन सक्थे । रुइतको कडा मिहिनेतले पश्चिमा चिकित्सकहरुकै ध्यानाकर्षण गर्न थाल्यो । ती चिकित्सक रुइतको ध्येयबाट सम्मोहित थिए । उनीहरु उनलाई मद्दत गर्न चाहन्थे । रिचर्ड लिटविनजस्ता अमेरिकी डाक्टर प्रत्येक पटक काठमाडौँ आउन लाग्दा रुइत बिन्ती बिसाउँथे, ‘मलाई एक बाकस आँखा ल्याइदिन नबिर्सिनुहोला है ।’

मनमौजी क्यालिफोर्नियावासी लिटविन ‘सान्ता क्लज’ का रुपमा नामी थिए । हिउँसरी सेता दाह्री भएर मात्र उनी यसरी नामी भएका होइनन् । उनी प्वाँखझैँ हलुंगा लेन्सहरु भरिएका झोला लिएर काठमाडौँ आउन कहिल्यै चुक्दैनथे । उनी विमानस्थलका अधिकारीहरुलाई ‘ल है, आफ्ना हजुरआमाहरुलाई फेरि देख्न सघाउनोस्’ भनेर ती झोला छुटाउँथे । तर मोतियाबिन्दुको श*ल्यक्रि*या नगराई नहुने हदै दयनीय बिरामीहरुका समस्या हल गर्न यो दी*र्घका*लीन उपाय किमार्थ थिएन ।

रुइत आफूभन्दा माथिका बोसहरुलाई मोतियाबिन्दुको आधुनिक शल्यक्रिया अपनाउन जति अनुनयविनय गर्थे, त्यसलाई इन्कार गर्नर् उनीहरु त्यति नै जिद्दी गर्थे । रुइतका कतिपय विरोधीहरु त उनीप्रति खुलेआम वैरभाव राख्थे । ‘यस्तो सपना देख्न छाड, सन्दुक । यो काम गर्न तिमीसँग न उपकरणहरु छन्, न त लेन्सहरु नै,’ तिनीहरु भन्थे, ‘यो काम कदापि हुनेवाला छैन । तिमी असम्भव कुरा गरिरहेका छौ । यसलाई यति महँगो पर्छ कि कल्पना गर्नै सकिन्न ।’

हतोत्साहित तुल्याउन तिनले भनिरहे, ‘हेर रुइत, एउटा इन्ट्राअकुलर लेन्सलाई २ सय डलरजति पर्छ । त्यति पैसाले त पुरानो विधिअनुसार बिरामीलाई चस्मा लगाइने खालका ५० वटा शल्यक्रिया गर्न सकिन्छ ।’ तिनले मोतियाबिन्दुको आधुनिक तरिकाले शल्यक्रिया गर्न पर्याप्त तालिमप्राप्त श*ल्यचि*कि*त्सक छैनन् भन्दै रट लगाइरहे । ‘यी लेन्स लगाउने काम बडो जटिल छ,’ रुइतका वि*रो*धीहरुले तर्क गरिरहे, ‘ल भैगो, १ पटकलाई त तिमी गएर कसैका आँखाको शल्यक्रिया गरौला रे । फेरि कसले त्यो दुर्गम ठाउँमा गएर श*ल्यक्रि*या गर्छ ?’

तिनले नानावली किताबी चालबाजी प्रयोग गर्दै रुइतलाई उल्याए । क्लिनिकल जाँचद्वारा यो विधि प्रमाणित भएको छैन भन्दै तिनले बकवास गरे । यसले रुइतको चित्तमा चोट लगायो । ‘होला, होला, पश्चिममा यो प्रमाणित भएको छैन,’ आजित भएर रुइतले भने, ‘तिनले गोराहरुमा त यो विधिले काम गर्छ भन्ने प्रमाणित गरेका छन् । विकासशील विश्वमा पनि यसले काम गर्छर् भन्नेचाहिँ प्रमाणित गरेका छैनन् ।’ रुइतलाई यो पूर्वाग्रहको ताण्डव हो भन्ने थाहा थियो । यसमा उनले गर्न सक्ने के नै थियो र !

रुइत निरीह भए । पछि फर्केर गम्दै उनी भन्छन्, “यो विधिको क्लिनिकल जाँच गरेर देखाइदिएको भए सायद यो पद्धति अलि छिटो स्वीकृत हुँदो हो । तर त्यस बखत यो असम्भव काम थियो । नेपाल आँखा अस्पताल एकदमै थोरै पैसाले चलेको थियो । यो विधिको क्लिनिकल जाँच गर्न थुप्रो समय र पैसा आवश्यक पथ्र्यो ।

यो जाँचमा विशिष्ट तहका थुप्रै चिकि*त्सकहरु संलग्न हुनु जरुरी थियो । इन्ट्राअकुलर शल्यक्रियाले विकासशील विश्वमा एकदमै राम्रोसँग काम गर्छ भन्ने कुरा नेत्र चिकित्सा फाँटको हरेकलाई थाहा थियो । यसका लागि खाँचो पर्ने जम्मा कुरा थियो- सफा कोठा, स्टराइल गरिएका उपकरण र काम गर्ने असल टोली ।”

आफ्नो आग्रह अस्वीकार गरिँदा रुइत बिल्कुलै विनम्र मुद्रामा मौन रहे । तर नयाँ विधिबाट उनी पूर्ण रुपले सम्मोहित भएको उनका आलोचकहरुलाई अत्तोपत्तो भएन । उनी पछि र्फकने कुरै थिएन ।

प्रत्येक पटक इन्ट्राअकुलर शल्यक्रिया गर्दा रुइत यो विधि सारा विकासशील विश्वमा लागू गर्न कसरी डाक्टरहरुको अगुवा जमातलाई प्रशिक्षण दिन सकिएला, लेन्सको मोल कसरी घटाउन सकिएला, बस, जिप र घोडाका पिठ्युँमा लादेर दूरदराजका उपत्यका र दुर्गम पहाडी चुचुरासम्म लैजान मिल्ने बलिया र हल्का माइक्रोस्कोपहरु कसरी प्राप्त गर्न सकिएला भनी गम खाइरहन्थे ।

नेपालका अ*न्धोपनबाट सबैभन्दा ग्रस्त ठाउँहरुमा आफ्नो विधि लागू गरेरै छाड्ने विचारको नशाले रुइत त्यसैत्यसै लठ्ठ थिए । आफ्ना सहकर्मीहरुका लागि दोस्रो दर्जाको उपचार सह्य भएको र अझ तिनले यसको पक्षमा पैरवीसमेत गरेको देखेर रुइत रुष्ट भए । नेपाल आँखा अस्पताल नयाँ विधिको ड*रले थुरथुर हुनाले नेपालका लाखौँ मानिस केवल दोस्रो दर्जाको उपचार पाउन वा दृष्टिविहीन रहन अभिशप्त भएको उनले टुलुटुलु हेर्नुपर्ने भयो ।

उनले शल्यक्रियापछि ढ्याब्रे चस्मा लगाइएका अनेकौँ बिरामी भेटे । वर्षायाममा भिराला बाटाहरुमा पटक पटक चि*प्लिँ*दा तिनका जीउमा नी*लडा*म र घा*उहरुले थिलथिलो भएका थिए । ल*ड्दा चस्मा फुटेका थुप्रै बिरामी अर्को चस्मा किन्ने पैसा नभएर अ*न्धका*रका कै*दी भएका थिए । अझ हिमाली भेगमा त चस्मा पसल छँदै थिएनन् भने पनि हुन्छ ।

“रुइतका लागि त्यो साह्रै असहज अवस्था थियो,” अतीतको स्मरण गर्दै लिटविन भन्छन्, “उनी अस्पतालका हाकिम थिएनन् । उनको हृदय नेपाली जनताका दुःखले टनाटन भरिएको थियो । तर के लाग्छ, सरकार सहयोगका नाममा सिन्को भाँ*च्न पनि तयार थिएन । उनलाई त्यो बेला पक्का पनि आफ्ना हातखुट्टा बाँ*धि*एजस्तो लाग्यो होला ।

इन्ट्राअकुलर लेन्स नेपाल आँखा अस्पतालका लागि मात्र खतरा नभई अमेरिकाका नेत्र चिकि*त्सकहरुको सिंगो पुस्ताका लागि पनि ख*तरा भएको थियो । यो विधि अपनाउन तिनले मोतियाबिन्दुको श*ल्यक्रि*यासम्बन्धी पूरै नयाँ तरिका सिक्नुपथ्र्यो । आफूलाई यो नयाँ तरिकामा ढाल्न गा*ह्रो लागेर थुप्रै श*ल्यचिकि*त्सकहरुले अवकाश लिए । थुप्रै पाका नेत्र चिकित्सकले चर्को वि*रो*ध गर्दै नयाँ विधिलाई ठाडै अ*स्वी*कार गरे ।”

नेपाल आँखा अस्पतालका प्रमुख डा रामप्रसाद पोखरेल निकै वर्षसम्म रुइतका प्रतिपक्षी भए । रामप्रसादलाई आफूमा आश्रति एक प्रतिभाशाली तरुण डाक्टर आफ्नो साम्राज्यबाट वि*द्रो*ह गरेर अलग भएको पटक्कै मन परेन । “उनले प्वाक्क मुख फोरेर हुन्न त भनेनन् । तर उनको हाउभाउबाट भने वि*रोध प्रकट भयो । उनको हाउभाउले यसलाई अनुमोदन नगरेको बुझियो,” रुइत भन्छन् ।

यस्ता क*डा विरो*धको सामना गर्नुपर्दाका क्षणहरुमा रुइतका लागि आफ्नो घरायसी जीवन नै सबैभन्दा ठूलो आ*डभ*रोसा थियो । गृहिणीको भूमिकामा नन्दाले राम्रो दक्खल प्राप्त गरेकी थिइन् । उनी नेत्र चिकि*त्सककी कुशल सहायक थिइन् । उनलाई अस्पतालमा खुबै आदर गरिन्थ्यो । त्यसकारण सुरुमा उनले आफ्नो व्यवसाय छाड्न आनाकानी गरिन् । जब रुइतको कामको समय बढ्दै गयो र उनको कार्यक्षेत्र झन्झन् स्पष्ट हुँदै गयो, उनीहरु परम्परागत बिहेअनुसारका भूमिकामा बाँ*धिए । रुइत दानापानी कमाउने भूमिकामा लागे । नन्दाले किनमेल गर्ने, पकाइतुल्याइ गर्ने र रुइत कतै पदयात्रामा जान लाग्दा उनका लुगाफाटा आदि झोलामा हालिदिने काम सम्हालिन् ।

“उनले जीवनमा किनमेल गर्ने झोला कहिल्यै बोकेजस्तो मलाई लाग्दैन,” रुइतलाई इंगित गर्दै नन्दा भन्छिन्, “झोला बोक्दा उनका हात बर्बादै पो होलान् कि भनी हामी ठट्टा गथ्र्यौं ।”

“म कति मिहिनेतसाथ काम गर्छु, त्यसको नन्दाले सधैँ नै सराहना गरेको थाहा छ,” रुइत भन्छन्, “म अस्पतालमा बिहान सबेरैदेखि बेलुका अबेरसम्म काम गर्थें । नन्दाले यसबारे कहिल्यै गुनासो गरिनन् । उनले मेरो काममा दक्खल दिने वा बाधाविरो*ध गर्ने काम कहिल्यै गरिनन् । जे हुन्छ, ठीकै हुन्छ भनेर उनी सधैँ निश्चिन्त भइन् । उनी मेरो छेउमा हुनु नै जीवनमा मेरा लागि सबैभन्दा ठूलो उपहार भएको छ ।”

बुद्धमार्गी उपदेशहरुप्रति रुइतको विश्वास पनि उनका लागि साहसको मुहान हुन गएको छ । अनेक बुद्धमार्गी गुरुहरुप्रतिको उनको आदरभाव र तीमध्ये कतिपय गुरुप्रतिको धकको भावना रुइतमा परेको उनका बाको अविचल निष्ठाको प्रभाव थियो । बा सोनामले वालुङको काठे घरमा बिहान भालेको डाकमा गुरु रिम्पोछेको प्रतिमासामु पलेँटी मा*रेर उनको भक्तिभजन गाएको सम्झना रुइतको चि*त्तमा एकदमै गडेर बसेको छ । “म बालाई नैतिक मूल्यहरुको प्रतिरुपका रुपमा हेर्थें । सहज चेतनाबाट मलाई के थाहा भयो भने बाको नैतिक दृष्टि बुद्धदर्शनप्रतिको भक्तिभावबाट बनेको थियो । त्यसैले म उनै गुरुहरुतर्फ आकषिर्त हुनु स्वाभाविक थियो,” उनी भन्छन् । स्राेतः नेपाल

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७