स्वास्थ्य

पेट दुखेमा पिउनुहाेस् पानीसँग यी कुराहरू मिसाएर

पेट दुखेमा पिउनुहाेस् पानीसँग यी कुराहरू मिसाएर

व्यस्त जीवनशैली, गलत खानपिन र तना वका कारण पेट खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ । यो सम स्याबाट मुक्तिका लागि घरेलु उपाय नै भेटिन्छन् । दिनदिनै यी उपाय अपनाएर पाचनप्रणालीलाई सुधार्न सकिन्छ ।

दुई गिलास पानीमा दुई चम्चा धनियाँको धूलो मिसाउनुस् । अब त्यसमा आधी चम्चा सुकेको अदुवाको धूलो हाल्नुस् ।

यो घोललाई मधुरो आगोमा पाँच मिनेटसम्म तताएर काँढा बनाउनुस् । तयार भएको काँढाको चार चार चम्चा बिहान र बेलुका पिउनुस् । पेट ठीक हुन्छ । हरीतकी वा हरडको धूलो बिहानबेलुका महसँग लिने गर्नुस् ।

आधी आधी चम्चा ठूलो अलैंचीको धूलो र मिश्री मिसाएर बिहानबेलुका खाने गर्नुस् । दिनदिनै दुई चम्चा कागतीको रसमा तीन चिम्टी जाइफलको धूलो मिसाएर पिउनुस् । एक कप पानीमा एक एक चम्चा जीरा र सूप हालेर उमाल्नुस् । मनतातो भएपछि पिउनुस् ।

दिनदिनै हींगको पानीमा कपडा भिजाएर नाइटोमा १५ देखि ३० मिनेट राख्नुस् । एक चौथाइ चम्चा सुकेको अदुवाको धूलो, एक चम्चा सूप र आधी चम्चा मिश्री मिसाएर दिनदिनै बिहान बेलुका खानुस् । दिनमा चारचोटि एक गिलास मनतातो पानी पिउनुस् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७