शिक्षा

यी फाइदा मिल्छ बच्चालाई परिवारसँग खाना खाँदा

यी फाइदा मिल्छ बच्चालाई परिवारसँग खाना खाँदा

सहरिया जीवनशैलीमा रहेका कतिपय त परिवारका साथ खाना पनि खान पाउँदैनन्। किनकी कामको धपेडी छ। तर, परिवार एवं बच्चाका लागि सँगै खाना खानु जरुरी हुन्छ। परिवारसँग खाना खाँदा स्‍वास्‍थ्‍य, सामाजिक र मानसिक लाभ मिल्छ।

-खाना खाने बानीको विकास हुन्छ
परिवारसँग खाना खाँदा बालबालिकामा खाना खाने बानीको विकास हुन्छ। अचेल किशोर अवस्थामा रहेकाहरू खाना भन्दा जंकफुट मन पराउँछन्। तर, परिवारका सबै सदस्य सँगै बसेर खाना खाँदा फलफूल र तरकारी खाने सम्भावना बढ्दै जान्छ।

-​गम्भीर मानसिक सम स्याबाट ​बचाउँछ
हरेक दिन परिवारसँग खाना खाँदा खानपिनसँग जोडिएका समस्या मदिरा र अन्य पेय पदार्थको लतबाट बचाउन सक्छ। किशोर अवस्थामा आक्रामक व्यवहार, मानसिक तनाव र आत्महत्याका खतरा पनि हुने हुन्छ। तर सँगै खाना खाँदा मानसिक स्वास्थ्य समस्या अन्त्य गर्न पनि सघाउ पुर्याउँछ।

-मोटाेपनबाट जाेगाउँछ
परिवारसँग खाना खाँदा बच्चा र किशोर किशोरीमा मोटोपन तथा अधिक तौल जस्ता समस्या कम हुन्छन्।

-बच्‍चामा आत्‍मसम्‍मान बढछ
परिवारसँग खाना खाँदा बच्‍चामा आत्मविश्वास बढाउन सहयोग पुग्छ। खाना खाँदा बच्चासँग उनको दिनचर्याका बारेमा सोध्नुस्। अनि बच्चाका कुरा पनि सुन्नुस्। यसबाट बच्चामा अनुभूति हुन्छ कि मेरो विचारले महत्व राख्छ। जसबाट आत्मविश्वास बढाउन सहयोग पुग्छ।​

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७