अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उनको प्रशासनले दुई हप्तामा कोभिड–१९ उपचारसँग जोडिएको राम्रो खबर सम्प्रेषण गर्ने जानकारी दिएका छन् ।
सोमबार अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले अमेरिकी वैज्ञानिकले कोभिड–१९ भ्याक्सिनको ट्रायलको तेस्रो चरण सुरु गरिसकेका छन् । यो भ्याक्सिनलाई बायोटेक्नोलोजी कम्पनी मोडेर्नाले बनाएको छ ।
यसको ट्रायल ३० हजार व्यक्तिमाथि गरिने भएको छ । यता ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ’ब्रायन सोमबार कोरोनाद्वारा संक्रमित भएका छन् ।
ह्वाइट हाउसका अनुसार रोबर्टमा हल्का लक्षण देखिएको छ । उनी घरबाटै काम गर्नेछन् । संसारभरी हालसम्म कोरोनाभाइरसका १ करोड ६६ लाख २९ हजार ७ सय २ संक्रमित भेटिइसकेका छन् ।
यीमध्ये १ करोड २ लाख २० हजार ८ सय ८९ निको पनि भइसकेका छन् । यस्तै ६ लाख ५५ हजार ८ सय ८० को मृत्यु भइसकेको वर्ल्डोमिटर्सको पछिल्लो आँकडाले बताएको छ ।
प्रकाशित मिति २०७७ साउन १३ गते मङ्गलबार ०५:५५