प्रवास

साईप्रस पुगेको ७ महिना मै अस्ताइन् २१ वर्षीया रेणुका !

साईप्रस पुगेको ७ महिना मै अस्ताइन् २१ वर्षीया रेणुका !

घा-इते भएकी उनलाई निकोसीया अस्पताल पुऱ्याउँदा डाक्टरले तत्कालै मृ’त घोषणा

ब्रसेल्स : धादिङ घर भएकी २१ वर्षीया नेपाली छात्रा रेणुका कोइरालाको साइप्रसको निकोसियामा मोटरसाइकल दु’र्घटनामा परी ‘मृत्यु’ भएको छ ।

अध्ययनको सिलसिलामा गत जनवरीमा इन्टेकमा विद्यार्थी भिसाबाट साईप्रस आएकी छात्रा रेणुका २६ जुलाईको करिव २ बजे राति काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दु’र्घटनामा परी घा-इते भएकी उनलाई निकोसीया अस्पताल पुऱ्याउँदा डाक्टरले तत्कालै मृ’त घोषणा गरेका थिए ।

रेणुकाको साथबाट परिचयपत्र, मोबाइल फोन सेट, निलो रंगको झोला, र झोला भित्र केही यूरो भेटिएको

निकोसीयाबाट संचारकर्मी समिम मियाका अनुसार स्थानीय प्रहरीले छात्रा रेणुकाको मृत्युबारे पुष्टि गरिसकेको बताए । राति रेणुकालाई पिकअप गरेर आउने चालकसहित मोटर साइकल हाल प्रहरी नि’यन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

घ’टनाको अनुसन्धानको क्रममा मृ’तक रेणुकाको साथबाट परिचयपत्र, मोबाइल फोन सेट, निलो रंगको झोला, र झोला भित्र केही यूरो भेटिएको साइप्रस प्रहरीले जनाएको छ । केजिन राईले अन्नपुर्ण पोष्टमा खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७