विशेष सामाग्री

हजुरआमा र एक प्लेट म:म !

हजुरआमा र एक प्लेट म:म !

दिप बहादुर बडुवाल (दीपक)

पोखरा लेकसाइडको लोकप्रिय पसलमा म:म अर्डर गरेर, हामी सबै साथीभाइहरू एक अर्कासँग मजाले हाँसो-ठट्टा गरी रहेका थियौं कि करिब ७०-७५ वर्षकी एउटी बुढी महिलाले पैसा माग्दै मेरो अगाडी हात फैलाईन ।

उनको कम्मर निहुरिएको थियो, अनुहारको झिम्कामा भोक तैरिरहेको प्रष्ट देखिन्थ्यो । आँखा भित्रपट्टि धँसीएका थिए तर सजल थिए । खै के भयो, मैले उहाँलाई दिने पैसा निकाल्नका लागि खल्तीमा हालेको हात अचानक बाहिर तानें र उहाँलाई सोधें: “हजुरआमा म:म खानुहुन्छ ?”

मेरो यस कुरामा हजुरआमा त कम तर मेरा साथीहरु यसरी आश्चर्यचकित थिए कि हजुरआमाले म:म खाएपछि मेरो गरीब हुने सम्भावना र ती बुढी हजुरआमाले मलाई ठगेर धनी हुने सम्भावना धेरै थियो जस्तो ! किनकि यदि मैले उहाँलाई पैसा दिएको भए मैले ५ वा १० रूपैयाँ मात्र दिने थिएँ तर म:म त एक सय रुपैयाँ प्लेट न थियो ।

अचानक मेरा आँखा रसाए र ‘भक्भकाऊँदै’ मैले पसले दाईलाई एक प्लेट म:म थप्नलाई भनें । हजुरआमाले आफ्ना तीं पैसा मूठो पार्नु भयो

हजुरआमाले संकोच गर्दै सहमतिमा टाउको हल्लाउनुभयो र अरु सँग मागेर जम्मा भएका १०-१५ रुपैयाँ काम्दै हातले मलाई दिने कोशिश गर्नुभयो ।

मैले केहि बुझ्न सकिनँ, अनि मैले उनलाई सोधें: “के को लागि ..?”
“यी पैसालाई मिलाएर मेरो म:मको पैसा तिरी दिनुहोला बाबू !”

भावनात्मक त म उहाँलाई देख्दा बित्तिकै भई सकेको थिएं, बाकी बचेको उहाँका यो कुराले पूरा गरी दियो ।
अचानक मेरा आँखा रसाए र भ’क्भकाऊँदै मैले पसले दाईलाई एक प्लेट म:म थप्नलाई भनें । हजुरआमाले आफ्ना तीं पैसा मूठो पार्नु भयो र तल भुईमा नै बस्नु भयो ।

मेरा साथीहरूले एक क्षणको लागि मलाई हेला गरे जसरी हेरे तर उनीहरूले केही भन्न अघि, पसले दाई अगाडि बढे र हजुरआमालाई उठाएर कुर्सीमा बसाले

यतिबेला म आफुलाई धेरै असहाय महसुस गरी रहेको थिएँ, किनभने पसले दाई, मेरा साथीहरू र त्यहाँ उपस्थित अन्य धेरै ग्राहकहरूको कारणले गर्दा म उहाँलाई कुर्सीमा बस्न आग्रह गर्न सकिन । मलाई ‘डर’ थियो कि यसो गर्दा कसैले आपत्ति त गर्दैनन्, उहाँको अपमान त गर्ने होईनन भनेर । तर म बसिरहेको कुर्सीले मलाई का’टिरहेको थियो ..!

म:मका प्लेटहरु आउने बित्तिकै मैले आफ्नो र हजुरआमाको म:मको प्लेट समातेर हजुरआमाको नजिकै तल भुईमा नै बसें, किनकि म यसो गर्न स्वतन्त्र थिएँ… कसैले पनि यसको विरोध गर्न सक्दैन थिए ।

“सर, प्लीज़ तपाई माथि बस्नुहोस कुर्सीमा ! मकहाँ ग्राहकहरू त धेरै आऊँछन्, तर “देउता” कहिलेकाँही आउँछन् ।”

हो.., मेरा साथीहरूले एक क्षणको लागि मलाई हेला गरे जसरी हेरे तर उनीहरूले केही भन्न अघि, पसले दाई अगाडि बढे र हजुरआमालाई उठाएर कुर्सीमा बसाले र म तिर हेरी हात जोड्दै र मुस्कुराउँदै भने: “सर, प्लीज़ तपाई माथि बस्नुहोस कुर्सीमा ! मकहाँ ग्राहकहरू त धेरै आऊँछन्, तर “देउता” कहिलेकाँही आउँछन् ।”

म त एउटा साधारण नेपाली ठिटो…..! पसले दाईका यति ठूला शब्द्हरूले मलाई अलि वि’चलित त बनाए तर, भित्र बाट जो “अपार आनंदको अनुभूति” मैले महसूस गरें त्यसलाई कसरी वर्णन गर्ने ?

यति मात्र भन्न चाहन्छु, मित्रहरु “मानव बन्नुहोस् र मानवताको सेवा गर्नुहोस्”
(become a human and serve the humanity)

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७