२६ वर्षीया सन्तोशीको ट्रकले लियो ज्यान

२६ वर्षीया सन्तोशीको ट्रकले लियो ज्यान

हिमालय दैनिक

@हिमालय दैनिक

२०७७ साउन १२ गते सोमबार ०८:१९

कैलाली– कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको निधन भएको छ । ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको...

कैलाली– कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको निधन भएको छ । ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् ।

स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन बौनिया बजारमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

बौनियामा आज बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो। उनी लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की स्थानीय हुन्। ट्रक र चालक सुर्यराज चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०७७ साउन १२ गते सोमबार ०८:१९
प्रतिक्रिया दिनुहोस