समाचार

सोनाक्षी चाहन्छिन्ः ‘राष्ट्रपति पदका लागि तापसी पन्नू’

सोनाक्षी चाहन्छिन्ः ‘राष्ट्रपति पदका लागि तापसी पन्नू’

बलिउड चर्चित अभिनेत्री द्वय तापसी पन्नू र कंगना रनावटबीचको वि वादले बलिउडमा तहल्का मच्चाएकाे छ । कंगनाले तापसीलाई ‘बी-ग्रेड’ अभिनेत्री भनेपछि उनीहरुबीच वार चलेको हो । तापसीले आफ्नो अन्दाजमा कंगनालाई जवाफ दिइरहेकी छन् । उनले एक अन्तर्वार्तामा कसैको मृ त्युलाई आफ्नो नीजि फाइदाका लागि प्रयोग गर्न नमिल्ने बताएकी थिइन् ।

उनीहरुको विवा दमा बलिउड फिल्मकर्मीहरु पनि विभाजित भए, केहीले कंगनाको समर्थन गरेका छन् भने तापसीलाई सपोर्ट गरेका छन् । सोनाक्षी सिन्हाले भने तापसीलाई देशको राष्ट्रपतिको रुपमा देख्न चाहेको समेत बताएकी छन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘राष्ट्रपति पदका लागि तापसी ’

सुशान्तको नि धनपछि बलिउडमा नेपोटिज्मको विषयमा व्यापक बहस भइरहेको छ । सुशान्त सिंह राजपूतको नि धनपछि नेपोटिज्मको विषयमा, ‘नेपोटिज्मको विषयमा भइरहेको बहसलाई मानिसहरुले आफ्नो व्यक्तिगत फाइदाका लागि प्रयोग गरिरहेका छन् । म त्यो इन्डस्ट्रीको बारेमा नराम्रो भन्दिनँ, जसले मलाई खाना र पहिचान दिएको छ ।’ दर्शक नै आउटसाइडरभन्दा स्टार किड्सको फिल्म हेर्न चाहने तापसीको भनाई छ ।

तापसीले, ‘इन्डस्ट्री नेपोटिज्मको एक हि स्सा हो । तर, जनता र मिडिया पनि त्यसको हिस्सा हो । किन मानिसहरु हाम्रो फिल्म फर्स्ट डे, फर्स्ट शो हेर्दैनन् ? किन उनीहरुले ‘सोन चिडिया’ लाई हिट बनाएनन् ? किन मानिसहरु आउटसाइडरभन्दा स्टार किड्सको फिल्म हेर्न बढी रुचाउँछन् ?’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७