मुख्य समाचार

कास्की र स्याङ्जामा भारी वर्षा मापनः मोदीखोला आसपास सजग रहन अनुरोध

कास्की र स्याङ्जामा भारी वर्षा मापनः मोदीखोला आसपास सजग रहन अनुरोध

जल तथा मौसम विज्ञान विभागले आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा निरन्तर वर्षा भइरहेको छ ।

महाशाखाले हाल कास्कीको लुम्ले र स्याङ्जास्थित वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना छ । त्यसैले लम्जुङ, पर्वत र आसपासको जिल्ला भई बहने मोदीखोला लगायत साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण बुटवलको तिनाउ नदीको बाढीले सोमबार बिहान चार बजे सतर्कताको तह पार गरेको थियो । बिहान सात बजेको मापनमा भने सतर्कताको तहभन्दा तलै देखिएको छ । यद्यपि बाढी पूर्वानुमान महाशाखाले तिनाउ र कञ्चनखोलाको तटीय क्षेत्र आसपासमा बिहान १० बजेसम्म सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७