मनोरञ्जन

पूनम पाण्डेले गरिन् इन्गेजमेन्ट [फोटो फिचर]

पूनम पाण्डेले गरिन् इन्गेजमेन्ट [फोटो फिचर]

सधै चर्चा र बिवादमा अाइरहने भारतिय चर्चित मोडल पूनम पाण्डेले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी स्यामसँग इन्गेजमेन्ट गरेकी हुन् ।

यो कुराको जनाकारी उनका प्रेमीले इन्स्टाग्रामबाट दिएका छन् । स्यामले इन्स्टाग्राम अकाउन्टमा इन्गेजमेन्टको औंठी लगाएको पूनमसँगको फोटो शेयर गरेका छन् भने पूनमले उक्त तस्बिरमा प्रतिक्रया दिएकी छन् । पूनमले प्रतिक्रिया दिँदै ‘उत्कृष्ट अनुभव ।’ भनेर लेखेकी छन् ।

औंठी देखेर उनीहरुका प्रशंसकले उनीहरुलाई इन्गेजमेन्टको बधाई दिइरहेका छन् । उनिहरूको प्रेमको चर्चा निकै लामो समय देखि चलिरहेको छ । कोरोनापछि पनि उनिहरूको ‘कोरोना किस’ले निकै चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७