समाचार

होसियार ! स्कुटरको डिकीमा पैसा राख्नु हुन्छ ?

होसियार ! स्कुटरको डिकीमा पैसा राख्नु हुन्छ ?

तपाईं स्कुटर पार्क गरेको बेला डिकीमा पैसा छोडेर हिँड्ने गर्नु भएको छ ? त्यसो भए होसियार हुनुस् । तपाईंको पैसा चोरी हुन पनि सक्छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले स्कुटरको डिकीमा राखेको पैसा झिकेको अभियोगमा एक जनालाई पक्रा उ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार बानेश्वर प्रहरी वृत्तद्वारा पक्राउ परेका प्रदीप कार्कीले स्कुटरको डिकी खोलेर चोरी गर्ने गरेको पाइएको हो ।

‘स्कुटरको ४०/५० वटै मास्टर चाबी बोकेर पार्किङ गरेर राखिएका वेला डिकी खोल्ने गरेको पाइएको छ’, ज्ञवालीले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार एक जना पूर्वप्रहरी अधिकृतको छोराको स्कुटरबाट एक लाख रुपैयाँ चोरी भएको विषयमा अनुसन्धान गर्दै जाँदा कार्की प क्राउ परेका थिए र, अन्य थुप्रै चोरीका घटनामा पनि उनको संलग्नता खुलेको छ । उनीविरु द्ध चोरी सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरी तयारी छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७