मुख्य समाचार

पाेखराकाे सडकमा ८ बर्षिया बालिका माक्स बेच्दै, हानिन् नेतालाई झटाराे (भिडियाेसहित)

पाेखराकाे सडकमा ८ बर्षिया बालिका माक्स बेच्दै, हानिन् नेतालाई झटाराे (भिडियाेसहित)

पोखराकी प्रेन्सा रेग्मी उमेरले ८ वर्षकी तर प्रतिभा अनेक, उनको बहुप्रतिभा ४ महिना लामो ल’कडाउनमा निकै खुलेर आयो । उनी कक्षा ३ पढ्छिन् । विद्यालय जानबाट व’ञ्चित उनीजस्तै बालबालिका प्रेन्साको प्रस्तुति एवं सहयोगी भावबाट प्रेरित बनेका छन् ।

पोखरा–१७, बिरौटामा प्रेन्साले आफ्नो घर नजिकै चौतारोमा बसेर मास्क बेच्दै गरेकाे देखिन्छ । (कोभिड–१९) संक्रमण जोखिममा सरकारले अनिवार्य मास्क प्रयोगमा कडाइ गरेपछि को’रोनाबाट बच्न अनिवार्य साधन बन्याे र उनले न्यूनीकरणका लागि सर्वसाधारणलाई मास्क बेचेर बचेको पैसा उनले सामाजिक सेवामा लगाउँछिन् ।

आफूजस्तै उमेरका साना भाइबहिनी आयआर्जन कमजोर रहेका परिवारका लागि उनले बचत रकम सहयोग गरेको बताइन् । प्रेन्साले भनिन्, ‘कोरोनाले धेरैजनालाई दुःख भएको छ । कति धेरैले आफूले चाहेको बेलामा खान पाउनुभएको छैन । कापीकलम किताब किन्न पाउनुभएको छैन । उहाँहरुलाई हेल्पको लागि मैले यस्तो काम गरेकी हुँ ।’

हेर्नुहाेस् भिडियाेः

प्रेन्सा भन्छिन्, ‘काम गर्नु केको ला’ज ? चो’र्नु–ढाँ’ट्नु त भएन । सबैजनालाई सानोठूलो नभनी काम गरे देशको उन्नति हुन्छ’र स्टेशनरीमा कसैलाई कापी किन्नेसम्म पैसा नभए, निःशुल्क लिन सकिने बताइन् ।

सानैदेखि अरुलाई सहयोग गर्न रुचाउने यी प्रतिभाशाली प्रेन्साजस्तै धेरै बालबालिकाको प्रतिभाको कदर हुनु आवश्यक छ । यसैगरि प्रेन्साका बाबुआमा अघिल्लो वर्षदेखि संचालन सुरु व्यवसायको नाम ‘नमस्ते पोखरा स्टेशनरी’ बिरौटामै स्टेशनरी चलाउँछन् । बाबुको नाम रामकृष्ण र आमा जयन्ती र प्रेन्साका एकमात्र दाइ प्रोगेस हुन् ।

शिशु निकेतन स्कुलमा कक्षा ३ की विद्यार्थी प्रेन्सा पढाइमा पनि अब्बल छन् । सधैँ टप टेनभित्रै पर्छिन् । अतिरिक्त क्रियाकलाप गर्न भनेपछि हुरुक्कै हुने उनी विशेषगरी अभिनय गर्न रुचाउने गरेको शिक्षकको अनुभव छ ।

विद्यालयको प्राथमिक तहअन्तर्गत संयोजक खीमकुमारी शर्माले गएको केही महिनाअघि मात्र उनको क्षमताबारे भेउ पाइन् । कोरोना महामारी आउनुअघिको कुरा हो, विद्यालयमा पढाइका अलावा नियमितरुपमा अतिरिक्त क्रियाकलाप हुँदै थियो ।

कक्षाका करिब १ सय २० जना विद्यार्थीलाई आफूले जानेको क्रियाकलाप गर्न अह्राइयो । तीमध्ये कतिपयले नाचे, केहीले गीत गाए, कतिपयले पेन्टिङ गरे भने केहीले भाषण कला प्रस्तुत गरे । तर अभिनय रोजेकी प्रेन्साले समसामयिक विषयमा गरेको क्यारिकेचरले सबैजनाको ध्यान खिच्यो । त्यतिबेला सबैजनाले उनको कलाको जादु देख्ने मौका पाए ।

प्रेन्साले पनि दाजु र बुवाको सहयोगमा मोवाइलमा विभिन्न भिडियो खिचेर फेसबुकमा पोष्ट्याउन थालिन् र बाबु रामकृष्णले युट्वमा ‘प्रेन्सु अफिसियल’ नामक च्यानल खोलिदिएका छन् । यूट्वमा अपलोड भए र टिकटक पनि बन्दै गए ।

मुलुकको पछिल्लो राजनीति, कोरोना भाइरस महामारी, नेपाल–भारत सीमा विवाद, वैदेशिक रोजगारी, गाउँघरमा बाँझो बन्दै गएको खेतबारी, दुःखी गरिब र मजदूरको पी’डा व्यङ्ग्यात्मक शैलीमा भिडियो बन्दै गए ।

सरोकारवालालाई समेत घच्घच्याउने खालका उनको भिडियो आफन्त, साथी, विद्यालय गुरुवर्ग, इष्टमित्र तथा छरछिमेकले धमाधम सेयर गर्न थाले । मानौं उनी एकखालको ‘भाइरल’ भइन् । म्याग्दीको मंगला गाउँपालिका स्थायी घर भएको रेग्मी परिवार छोरीको प्रतिभा देखेर दंग छ ।

लामोखालको अनुच्छेद पनि प्रष्ट बोलीमा नहेरीकन भन्न सक्ने उनको विलक्षण क्षमता छ । लकडाउनकै बेलामा कक्षा २ उत्तीर्ण भइ ३ पुगेकी उनले आफ्नो कक्षाका विषय भिडियोमार्फत अरु साथीलाई पढाउने गरेकी छन् । अंग्रेजी, गणित, विज्ञान, नेपाली लगायतका मुख्यमुख्य विषय उनले एकचरण पढेर भ्याइसकेको बताइन् ।

प्रेन्साकी आमा जयन्ती भन्छिन्ः ‘छोरीको आफूले मात्र नखाने अरुलाई पनि केही दिन पाए हुन्थ्यो भन्ने स्वभाव छ । निकै ज्ञानी र बुझक्की छ । दोस्रो सन्तानको रुपमा यति राम्री छोरी पाएकोमा निकै खुसी छु ।’

सानै उमेरदेखि नै फरक क्षमता देखेका उनले छोरीले भविष्यमा लय समात्नेमा उनी ढुक्क छ । लकडाउन बेलामा घरमा बस्नुपर्दा छोरीको कला अझै निखार आएको देखेका उनले हरेक भिडियो सेयर गरेर सहयोग गर्छन् । छोरीको कला देखेर केही मिडिया पनि खोज्दै आएको उनले बताए ।

आमा जयन्ती पनि सानैदेखि प्रेन्साको स्वभावबारे पूरापूर जानकारी छन् । भनिन्, ‘छोरीको आफूले मात्र नखाने अरुलाई पनि केही दिन पाए हुन्थ्यो भन्ने स्वभाव छ । निकै ज्ञानी र बुझक्की छ । दोस्रो सन्तानको रुपमा यति राम्री छोरी पाएकोमा निकै खुसी छु ।’

मास्क बेचेपछि बचत भएको रकमबाट प्रेन्साले सानो उमेरका १० जना बढीलाई पढाइको लागि आवश्यक स्टेशनरी सामग्री सहयोग गरिन् र साथै, उनले केही दिनअघि प्रहरीलाई समेत सर्वसाधारणलाई वितरण गर्ने गरी मास्क दिइन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७