मनोरञ्जन

छोटो ड्रेसले ट्रोल अमिसा (फाेटाेफिचर)

छोटो ड्रेसले ट्रोल अमिसा (फाेटाेफिचर)

बलिउड चर्चित अभिनेत्री अमिसा पटेल धेरै जसाे चर्चामा रहन्छिन्। सामाजिक संजालमा अमिसा अक्सर आफ्ना बोल्ड तस्बिर र भिडियो सेयर गरिरहन्छिन् यसकै कारण उनी धेरै जसाे अमिसा ट्रोलको सिकार पनि हुन्छिन्।

एउटा मन्दिरबाहिर उनले आफ्नो सुटिङ स्पट बनाइन् र त्यहाँका केही तस्बिर र भिडियो उनकाे निकै भाइरल भइरहेका छन्। दर्शकको भनाइ छ— अमिसा यस्तो कपडा लगाएर मन्दिर जान हुँदैनथ्यो।

अमिसाले फिल्म करिअरको सुरुआत सन् २००० को फिल्म ‘कहो ना प्यार है’बाट गरेकी थिइन्। यो फिल्ममा उनको साथमा ऋतिक रोशन मुख्य भूमिकामा थिए। पहिलो फिल्मबाटै अमिसा चर्चित भएकी थिइन्। अमिसाले पछिल्लो पटक फिल्म ‘भैया जी सुपरस्टार’मा अभिनय गरेकी थिइन्।

भिडियोमा अमिसाले कालो टप र सर्ट लगाएकी छन्। उनले मास्क र जुत्ता पनि लगाएकी छन्। मन्दिरबाहिर अमिसालाई यो हुलियामा देखेपछि सोसल मिडिया प्रयोगकर्ता भड्किएका छन् र ट्रोल गर्न लागेका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७