कोरोना भाइरस सम्बन्धी अनुशन्धान कर्ताहरुले नयाँ तथ्य पत्ता लगाएका छन् । अनुशन्धानकर्ताहरुले यस्तो तथ्य फेला पारे कोरोना भाइरस मानिसहरुमा मुख र नाकबाट मात्रै सर्दै आएको बताइए पनि कानबाट पनि सर्ने तथ्य फेला पारेका हुन् ।
बैज्ञाजिनकहरुले बैज्ञानिकहरुले गरेको अनुशन्धानमा कोरोना भाइरसले मानिसको कान र मेस्टोयड हड्डीलाई पनि संक्र मण गराउन सक्ने तथ्य फेला पारेका हुन् । अमेरिकाका अनुशन्धानकर्ताहरुले तीन केसमा यस्तो तथ्य फेला पारेका छन् ।
उनीहरुले गरेको ३ मृ त शरीबाट अनुशन्धान गरेको बताइएको छ । सो क्रममा तीनै मृतकहरुको दुवै कान र पछाडिका भागमा पनि कोरोना संक्रमण पाइएको थियो । उनीहरुको निष्कर्षसँगै अमेरिकाका रिसर्चर जोन ह्ययापकिन्स स्कूल अफ मेडिसिन्सका शोधकर्ताहरुले कोरोनाको लक्षण देखिएका मानिसको कानको परीक्षण पनि हुनुपर्नेछ ।
कानबाट पनि शरीरका विभिन्न भागमा कोरोना पुग्ने उनीहरुले उल्लेख गरेका छन् । उनीहरुले एक युवती, र दुई बृद्धको शव लाई परीक्षण गरेकामा यो तथ्य फेला परेको हो । काेराेना भाइरस संक्रमणबाट हालसम्म विश्वभर साढे ६ लाख मानिसकाे ज्यान गइसकेकाे छ । अमेरिकामा नै सबैभन्दा धेरैकाे काेराेनाबाट ज्यान गएकाे छ ।