मनोरञ्जन

बिपाशा र रोनाल्डोको ‘चुम्बन’ गरिरहेको तस्बिर पुनः भाइरल (तस्विरसहित)

बिपाशा र रोनाल्डोको ‘चुम्बन’ गरिरहेको तस्बिर पुनः भाइरल (तस्विरसहित)

बलिउड एक चर्चैचर्चाको नगरी हो । जहाँको एक न एक बिषय भाइरल बनिरहेको हुन्छ । हालै फेरि बलिउड नायिका बिपाशा बसु अचानक चर्चामा आइन् । बिषय पुरानो हो तर हल्ला भने नयाँ ।

उनका फुटबलर क्रिस्टियानो रोनाल्डोसँगका केही तस्बिर सोसल मिडियामा चर्चित भएका छन् । वास्तवमा यो तस्बिर सन् २००७ को हो । त्यतिबेला पनि तस्बिरले राम्रो चर्चा बटुलेको थियो ।

बिपाशा बसुले सन् २००१ मा अक्षय कुमारको अपोजिट ‘अजनबी’ बाट फिल्ममा डेब्यू गरेका थिए । सन् २००२ मा राज फिल्ममा बोल्ड दृश्यका कारण उनी थप चर्चित बनिन् ।

सन् २००७ तिर उनी जोन अब्राहमलाई डेट गरिरहेकी थिइन् । फिल्मी करियरमा उदाउँदै गर्दा रोनाल्डो र बिपाशाका केही तस्बिर सार्वजनिक भए । तीमध्ये एक तस्बिरमा यी दुई चु’म्बन गरिरहेको देखिएका छन् ।

जोन अब्राहम यो कुराले निकै रिसाएका थिए भन्ने हल्ला भयो । रोनाल्डो र बिपाशाको लिंकअपको खबरले त्यतिबेला निकै चर्चा पाएको थियो र शुक्रबार बिहान यो पुरानो तस्बिरको बहानामा यसबारे पुनः चर्चा भएको छ ।

रोनाल्डो र बिपाशाको उक्त तस्बिर लिस्बनको हो । यी दुई सन् २००७ मा लूज स्टेडियममा एक समारोहका क्रममा भेटेका थिए । त्यतिबेला एक म्यागजिनले यी दुईको तस्बिर छापेको थियो । रोनाल्डो र बिपाशा उक्त कार्यक्रमको पार्टीमा असाध्यै नजिकिएका पनि
उक्त म्यागजिनमा उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७