मनोरञ्जन

जब बालबालिका लक्षित टेलिभिजनबाट प्रशारण भयो ‘किस’ सिन

जब बालबालिका लक्षित टेलिभिजनबाट प्रशारण भयो ‘किस’ सिन

दुुई महिला पात्रहरुले ‘द नेक्स्ड स्टेप’ शोअन्तर्गत एकआपसमा चु’म्बन गरेका हुन् । बीबीसीको बालबालिका लक्षित टेलिभिजन चिल्ड्रेन्स बीबीसी अर्थात् सीबीबीसीको इतिहासमै पहिलोपटक समलि’ङ्गी टिनएजरको चु’म्बन प्रशारण भएको छ ।

यो क्यानेडेली शृंखला बेलायतमा सीबीबीसीबाट प्रशारण भइरहेको छ । डान्सर बन्न चाहनेको कथामा आधारित यस शृंखला ७ वर्षदेखि कि’ड्स च्यानलमा प्रशारण भइरहेको छ । तर समलिङ्गीको कथालाई देखाइएको यो पहिलो अवसर हो ।

१९ वर्षीया डेनी भिरायोले यस शृंखलामा ‘क्लिओ’ पात्रको भूमिका निभाएकी छिन् भने १८ वर्षीया मोली साउन्डर्स ‘जुड’ को भूमिकामा छिन्, आफ्नो रोमान्टिक डान्स रुटिनका दौरान यी दुई पात्रले एकअर्कालाई चुम्बन गर्छन् । शृंखला प्रशारणमा आएपछि यसले निकै सकारात्मक प्रतिक्रिया पाएको छ ।

यस शृंखलाका एक दर्शकले भने,‘यो सुधार हो । यसले मानिसहरुलाई देखाउँछ कि विपरीत लि’ङ्गीलाई मन पराउनुजस्तै समलि’ङ्गीलाई मन पराउनु पनि सामान्य हो ।’ समलि’ङ्गीहरुको सामाजिक संस्था स्टोनवालले यस दृश्यलाई महत्वपूर्ण भनेको छ ।

त्यस्तै बीबीसीका प्रवक्ताले सबै क्षेत्रका बालबालिकाको जीवन झल्काउन पाउँदा बीबीसी गौरवान्ति रहेको जनाएका छन् । बालबालिकाको च्यानलमा भर्खरै प्रशारण भएपनि बेलायतमा समलि’ङ्गीको चु’म्बनको दृश्य सामान्य नै हो ।

अन्ना फ्रिइल र निकोला स्टेफेनसनले १९९४ मा दिएको किस सिन बेलायती टेलिभिजनबाट प्रशारणमा आएको इतिहासमा पहिलो समलिङ्गी चु म्बन हो, यो च्यानल फोरको ‘ब्रोकसाइड शो’ मार्फत प्रशारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७