समाचार

विवाहको तयारीमा थिइन् युवति, दु ष्टले अनुहारमा एसि ’ड खन्याइदिए..

विवाहको तयारीमा थिइन् युवति, दु ष्टले अनुहारमा एसि ’ड खन्याइदिए..

सीतापाइलामा एक युवतीमाथि भएको एसि-ड प्रकरणका आरोपीलाई प्रहरीले छोटो समयमै प’क्राउ गर्न सफल भएको छ । बिहीबार साँझ ७ः५५ को घटनाका आरोपीलाई प्रहरीले ९ बजे नै पहिचान गरेको थियो । राति १०ः४५ बजे उनीहरुलाई पक्रा’उ गर्न प्रहरी सफल भयो ।

मुख्यगरी कल डिटेल र सिसी क्यामराको सहायताले अभियु’क्त पहिचान गर्न सफल भएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

पहिचान हुनेबित्तिकै खोजीमा निस्किएको प्रहरी टोलीले रौतहट लक्ष्मीपुर–४ घर भई काठमाडौँको डल्लु बस्ने मोमहम्मद आलम र उनका सहयोगी भारत विहार घर भई डल्लु बस्ने फैयाज आलमलाई पक्रा’उ गरेको हो ।

आलम काठमाडौँको एक गार्मेन्ट फ्याक्ट्रीका मालिक हुन् । फैयाज सोही गार्मेन्टमा काम गर्ने कर्मचारी हुन् ।

युवतीलाई एसि-ड हानेको भन्ने सूचना प्राप्त भएलगत्तै महानगरीय अप राध महाशाखाका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा परिसरका प्रहरीसहितको टोली खटाइएको थियो । टोलीले उनीहरुलाई राति १०ः४५ बजे गार्मेन्टबाटै प’क्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७