मनोरञ्जन

मोटी सोनाक्षीले ३० किलो तौल यसरी घटाएर भईन हट (फाेटाेफिचर)

मोटी सोनाक्षीले ३० किलो तौल यसरी घटाएर भईन हट (फाेटाेफिचर)

सोनाक्षी सिन्हा बलिउडकी चर्चित अभिनेत्री हुन् । फिल्म दबंग बाट बलिउडमा प्रबेश गरेकी सोनाक्षीले हालसम्म धेरै फिल्महरुमा अभिनय गरिसकेकी छिन् । धेरैजसो आफ्नो नयाँ फिल्म र फोटोशुटबाट चर्चामा आउने सोनाक्षी कहिलेकाही फरक कारणबाट पनि उनकाे चर्चा चल्छ ।

निकै सुन्दर र हट देखिने सोनाक्षी कुनै समय निकै मोटी थिइन् । उनी बलिउडमा प्रबेश गर्नु अघि ९५ किलोकी थिइन् । कुनै समय मोटी देखिने उनी अहिले बलिउडकै चर्चित अभिनेत्रीमा पर्छिन् ।

उनले त्यस समय ९५ किलो तौल घटाएर ६५ किलो बनाएकी थिइन् । उनले छोटो समयमा नै ३० किलो तोल घटाउदा धेरै आश्चर्यमा रिेका थिए । फिल्म क्षेत्रमा आउन धेरै नै संघर्ष गरेकी उनले आफु मोटी हुदा भोगेको पीडा पनि सुनाएकी छिन् ।

उनले एक अन्तवार्तामा आफ्नो कुरा सुनाउँदै भनिन्, ‘मलाई त्यो पल अझै याद छ, त्यति बेला मलाई मोडलजस्तै क्याट वाक गर्ने रहर लागेको थियो, तर मलाई पातली केटीहरुले लाइट समाउन लगाए, मैले भने ‘किन रु’ उनीहरुले मेरो क्याट वाक गर्ने तौल नभएको भन्दै मजाक उडाए ’।

हेर्नुहाेस् उनका केहि तस्विरहरूः

याे पनि पढ्नुहाेस्ः
दालचिनी कोरोनाको उपचारमा कसरी प्रभावकारी हुन्छ ? जान्नुहोस यसका फाइदा

विश्वभर कोरोनाभाइरसको जोखिम बढ्दो छ। विश्वभर मानिसहरुलाई सावधानी तथा सतर्कता अपनाउन विश्व स्वास्थ संगठनले आग्रह गरिरहेको छ। कोरोनाभाइरसको खोप तत्काल नभएको हुँदा मानिसहरुले आफ्नो प्रतिरोधात्मक क्षमता बढाउन थुप्रै किसिममा घरेलु तथा आयुर्वेदिक औषधिहरु प्रयोग गरिरहेका छन्।

यसैगरी घर वरिपरी पाउने तथा आफ्नै भान्छामा रहेका केहि मसलाले पनि कोरोनासँग लड्न उपयोगी भएको भन्दै मानिसहरुले हिजोआज त्यस्ता किसिमका मसलाहरुको उपयोग गर्न थालेका छन् । यसैगरी, घ्यू, मरिच, मिश्री मिलाएर बनाएको काडापानीले पनि मानिसको प्रतिरोधात्मक क्षमता बढाउने विभिन्न विज्ञहरुको बुझाइ छ।

यसैविच त्यस्ता काडापानीमा दालचिनी मिलाएर पिउँदा यसले शरीरको प्रतिरक्षा क्षमता मजबुद बनाउन प्रभावकारी भूमिका खेल्ने विभिन्न आयुर्वेदिक विज्ञहरुको भनाइ छ। दालचिनी मिलाएर बनाएको काडापानीले कोरोना बिरामीहरूलाई मात्र नभएर मानिसको स्वास्थलाई अधिक लाभ मिल्ने गर्दछ।

जानिराखौं दालचिनीका फाइदाहरुः

– दालचीनीले रुघा खोकी जस्ता चिसोजन्य रोगहरुको संक्रमण हुनबाट जोगाउँछ। दालचिनी मिलाएर बनाएको काडापानीले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै यसले मानिसको स्वास्थमा सकारात्मक प्रभाव पार्दछ।

– एक चिकित्सकीय परीक्षणका अनुसार दालचीनीको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलित राख्दछ, जसले मुटु रोगको जोखिमलाई धेरै हदसम्म कम गर्न मद्दत गर्छ ।

– दालचीनीको सेवनले क्यान्सर जस्तो प्राणघातक रो गको जोखिमलाई पनि कम गर्न मद्दत गर्दछ। चिकित्सककाअनुसार दालचिनीमा एन्टीक्यान्सर गुणहरु पाइन्छ जसले क्यान्सरको जोखिम कम गर्न सक्छ।

–दालचिनी सेवन गर्नाले रगतमा सुगरको स्तर र शरीरमा इन्सुलिनको स्तरलाई पनि सन्तुलन राख्न मद्दत गर्दछ। यस्तो अवस्थामा, मधुमेहको जोखिमपनि कम हुने गर्दछ।

– दालचीनीको सेवनले ब्याक्टेरिया र फंगल संक्रमणबाट बचाउन सक्छ, यसमा पाइने एन्टिब्याक्टेरियल र एन्टिफंगल गुणहरुले विभिन्न संक्र मणहरुबाट बचाउँछ। यस कारणले, दालचिनी औषधीय गुणहरुमा धनी मानिन्छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७