मनोरञ्जन

‘भित्री वस्त्र’ मात्र लगाएर उपचार गर्ने नर्स बनिन् समाचारवाचिका !

‘भित्री वस्त्र’ मात्र लगाएर उपचार गर्ने नर्स बनिन् समाचारवाचिका !

केहि समय पहिला एक नर्सको तस्बिर निकै भाइरल बन्यो । उनि थिइन रुसको एक अस्पतालमा कार्यरत नर्स नादिया जुकोभा । उनले ‘पारदर्शी’ पीपीइभित्र ‘भित्री वस्त्र’ मात्र लगाएर बिरामीको उपचार गरेपछि उनको चर्चा निकै चुलिएको थियो ।

उनै नर्स फेरि चर्चामा आएकी छिन् । उनी अब भने एक टेलिभिजनमा समाचारवाचिका बनेकी छिन् । नादियालाई मस्कोको दक्षिणमा रहेको तुला नामको शहरमा स्थानीय च्यानलले समाचारवाचिका बनाएको हो । तत्कालको लागि नादियाले त्यो टेलिभिजनमा मौसमसम्बन्धी समाचार वाचन गर्नेछिन्।

डेलीमेलको खबर अनुसार समाचारवाचिका भए पनि उनले नर्सको रुपमा समेत आफ्नो काम जारी राख्नेछिन् । टिभीमा आफ्नो भूमिकालाई लिएर नादियाले यो आफ्नो लागि ठूलो कुरा भएको बताइन् । यो अवसर दिएकोमा उनले च्यानललाई धन्यवाद दिइन् ।

२३ वर्षकी नादियालाई अस्पतालले अनुचित ड्रेस कोडको आ’रोपमा जागिरबाटै निकालेको थियो । नादियालाई जागिरबाट निकालेपछि भने अस्पतालको पनि आ’लोचना भएको थियो । पछि नादियाले आफूले सोही अस्पतालमा जागिर फिर्ता पाएको बताएकी थिइन् ।

आफूले ‘पारदर्शी’ गाउनभित्र भित्री वस्त्र मात्र लगाएको विषयमा नादियाले आफूलाई पीपीइ लगाएर लगातार काम गर्दा निकै गर्मी भएकोले ‘भित्री वस्त्र’ मात्र लगाएको बताएकी थिइन् । उनले पीपीइ त्यति धेरै ‘पारदर्शी’ भएकोप्रति आफूले ध्यान दिन नसकेर यस्तो भएको उनको दाबि थियो ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७