धर्म/ संस्कृति

आज नागपञ्चमी: सर्पदोष मेट्न अनिवार्य गर्नुहोस यो एक काम

आज नागपञ्चमी: सर्पदोष मेट्न अनिवार्य गर्नुहोस यो एक काम

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी शनिबारका दिन हिन्दू धर्मअनुसार नागको तस्बिरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ ।

यसदिन ढोकाको दुवैतिर गोबर लगाएर नागको फोटो टाँसिन्छ । जल दूध र घिउले सर्पलाई स्नान गराइन्छ । गहुँ दुवो धानको लावा दही चामलको दूध आदिले नागको पूजा गरिन्छ। कालो रङको सर्पको विशेष पूजा गरिन्छ भन्ने लेखिएको छ । नागको पूजा गर्नाले सात कुलपर्यन्त सर्पदेखि भए रहँदैन।

नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । काठमाडौँ पशुपतिको वासुकी, नक्सालको नागपोखरी, टौदह, ललितपुरको धापाखेलमा रहेको नागदह लगायत देशका विभिन्न नाग मन्दिरमा नागपञ्चमीको पूजा गर्नेहरुको घुइँचो लाग्छ ।

यदि कुण्डलीमा सर्पदोष भएर धेरै समस्यामा पर्नुभएको छ ? काम पढाई, स्वास्थ्य बिग्रिएको छ ।सपनामा सर्प देख्नु हुन्छ ? वा घरमा धेरै सर्प आउँछ ? वा सधै सर्पको कारणले समस्यामा पर्नुहुन्छ भने तपाईको कुण्डलीमा सर्पदोष हुन सक्छ । त्यस्का लागि तपाईले यो एउटा कार्य गर्नुपर्ने हुन्छ ।

जुन भिडियोमा हेर्नुहोस –

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७