मनोरञ्जन

रियाले लेखिन् भावुक स्टाटस- ‘दिल बेचरा’ हेरेर तिम्रो प्रेमको उत्सव मनाउँछु

रियाले लेखिन् भावुक स्टाटस- ‘दिल बेचरा’ हेरेर तिम्रो प्रेमको उत्सव मनाउँछु

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचरा’ आज साँझ डिज्नी प्लस हटस्टारबाट प्रदर्शनमा आयो । जुन १४ मा मृत्यु रोजेका अभिनेता सुशान्तका फ्यानका लागि यो फिल्म निकै प्रतिक्षित थियो ।

सुशान्तको आ त्मह त्यापछि विवादमा तानिएकी उनकी प्रेमिका रिया चक्रवर्तीले फिल्मलाई लिएर भावुक स्टाटस लेखेकी छिन् । ‘तिमीलाई हेर्न मलाई साहस चाहिन्छ । तिमी मसँगै छौ भन्ने मलाई थाहा छ । तिम्रो प्रेमको उत्वस मनाउनेछु । तिमी मेरो जीवनको हिरो हौ । मलाई थाहा छ तिमी हामीसँगै हेरिरहेका हुनेछौ,’ उनले लेखेकी छिन् ।

पछिल्लो समय रियालाई सुशान्तको आ त्मह त्याको दोष लगाउँदै ब ला त्कारकाे ध म्की समेत आएकाे थियाे । यसबारे अनुसन्धानका लागि उनले सिबिआईमा अनुसन्धानका लागि अनुरोध गरेको खबरहरू बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७