स्वास्थ्य

यस्ता रोग भएकाहरुले भुलेर पनि सेवन नगर्नुहोस् अदुवा

यस्ता रोग भएकाहरुले भुलेर पनि सेवन नगर्नुहोस् अदुवा

अदुवा परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग गरिन्छ । हाम्रो भान्सामा दैनिक प्रयोग हुने चिज हो। परिकारलाई स्वादिलो बनाउन प्रयोग गरिने अदुवाले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । अदुवाले विभिन्न रोगहरुबाट बचाउन सहयोग गर्छ तर कतिपय अवस्थामा भने फाइदाजनक हुँदैन ।

कुनै समस्या भएकाले भने यसको सेवन गर्नुहुँदैन । अदुवा मधुमेहका बिरामीले सेवन गर्नुहुँदैन । अदुवा धेरै सेवन गर्दा रगतमा सुगरको मात्रा बढ्ने गर्छ ।

त्यस्तै महिलाहरुलाई महिनावारीको समस्या छ भने पनि अदुवाको सेवन गर्नुहुँदैन । रक्तचापका बिरामीले पनि अदुवाको सेवन नगर्दा नै राम्रो हुन्छ। साथै पेटको कुनै समस्या छ भने पनि भुलेर पनि अदुवा सेवन नगर्नुहोस् यसले शरीरमा एसिडको मात्रा बढाउछ ।

साथै मोटो हुने रहर छ भने पनि यसको सेवन नगर्दा नै राम्रो हुन्छ । त्यस्तै कुनै औषधि सेवन गरिरहनु भएको छ भने पनि अदुवा सेवन नगर्नुहोस् किनकी यसले झन समस्या ल्याउनसक्छ । र रगतसम्बन्धी कुनै समस्या भए पनि यसको सेवन गर्नुहुँदैन

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७