स्वास्थ्य

आमाको गर्भमा के सोच्छ शिशु ?

आमाको गर्भमा के सोच्छ शिशु ?

बिज्ञानका अनुसार गर्भावस्थामा आमाले जे सेवन गर्छिन त्यसो प्रभाव गर्भस्थ शिशुमा पर्ने गर्दछ । यही कुरा कयौं सताब्दी अघि लेखिएको हिन्दु धर्मको ग्रन्थमा पनि लेखिएको थियो । गरुड पुराण अनुसार शिशुलाई आफ्नी आमाको गर्भमा भएदेखि जन्म नहुन्जेल के-के हुन्छ भन्ने स्पष्ट विवरण दिएको छ ।

गरुड पुराणको अनुसार स्त्रीहरुमा ऋतु कालको समय आएपछि सन्तानको उत्पादन हुने समय जुर्छ, यसै कारण तीन दिन सम्म महिलाहरु अपवित्र रहने गर्छन । ऋतु कालको पहिलो दिन स्त्रीहरु चान्डाली, दोश्रो दिन ब्रह्मघातिनी समान तथा तिस्रो दिन धोबिन समान हुने गर्छन । यी ३ दिनमा नर्कबाट आएका जीव उत्पन्न हुन्छन् ।

ईश्वरबाट प्रेरित भएका कामबाट शरीर धारण गर्नको लागि पुरुषको वीर्य विन्दुको माध्यमबाट स्त्रीको गर्भमा जीव प्रवेश गर्छ । पहिलो रातको जीव कण (सूक्ष्म कण), पाँचौं रातको जीव बुदबुद (बुलबुले) को समान तथा दशौँ दिनको जीव एक मांसपेसीको पिण्डको आकारमा देखिन थाल्छ अनि अन्डाको समान हुन्छन् ।

एक महीनामा मस्तिष्क, दोश्रो महिनामा हात आदि अं गको रचना हुन्छ । तेश्रो महिनामा हड्डी, लिं ग, नाक, कान, मुख आदि अंगको रचना हुन्छ । चौथो महिना अनुहार, मांशपेसी, रगत आदिको रचना हुन्छ । पाँचौं महीनामा शिशुलाई भोक-प्यास लाग्ने गर्छ । छैटौं महिनामा शिशु गर्भको झिल्लीबाट ढाकिएर आमाको गर्भमा घुम्न थाल्छ ।

आमाद्वारा खाईएको अन्न आदि बाट शिशु बढ्न थाल्छ, उक्त शिशुले अब दिशा तथा पिशाब गर्छ जहाँ अनेकौं जीवको उत्पत्ति हुन्छ, यो स्थानमा उक्त शिशु सुत्छ । उक्त स्थानमा सुत्दा शिशुलाई अति कष्ट हुने गर्दछ । त्यहाँ उक्त शिशुलाई अरु जीवले टोक्ने तथा बिभिन्न दुख दिने गर्दछन्, जसको कारण शिशु बार-बार बेहोश पनि हुने गर्दछ ।

शिशुको आमाले भए नभएका भोजन गर्दा पनि गर्भको शिशुलाई अति कष्ट हुन्छ । त्यस पछी शिशुको मस्तिष्कको भाग तल अनि खुट्टा माथि हुन्छ, यही कारण शिशु यता-उता चल्न सक्दैन । जसप्रकारले शिशु पिंजडाको चरा जस्तै बन्छ ।

गर्भमा शिशु सात धातुहरुले बाधिएर भयभीत भएर कष्टबाट बाहिर आउने प्राथना गर्दै हात जोडेर ईश्वरको (जसले उसलाई उक्त गर्भमा स्थापित गरेको छ) स्तुति गर्न सुरु गर्छ ।सातौँ महीनामा उसलाई ज्ञानको प्राप्ति हुन्छ अनि उसले सोच्न थाल्छ कि म यो गर्भबाट जब बाहिर जान्छु तब इश्वरलाई भुल्छु ।

यस्तो सोचेर शिशु दु:खी हुन्छ अनि यता-उता घुम्न थाल्छ । सातौं महिनामा शिशु अत्यन्त दु:खबाट वैराग्ययुक्त भएर ईश्वरको स्तुति यसरी गर्छ– लक्ष्मीको पति, जगदाधार, संसारको पाल्नेवाला अनि जो तपाईको सरणमा आए उनको पालन-पोषण गर्नेवाला भगवान विष्णुको म शरणमा पर्न चाहन्छु ।

गर्भस्थ शिशु भगवान विष्णुको स्मरण गर्दा-गर्दै सोच्न थाल्छ कि हे भगवान ! तपाईको मायाबाट मेरो सरिर बन्दै छ, म यो कष्टदाएक गर्भको संसारबाट बाहिर आउन चाहन्छु, योनिबाट अलग भएर तपाइँको चरणको स्मरण गर्दै फेरी यस्तै उपाय गरुलां, जसको कारण मैले मुक्ति प्राप्त गर्न सकूँ ।

फेरी गर्भस्थ शिशु सोच्छ- यो दिशा-पिशाब अनि कयौं किटाणुमा पल्टिएको मेरो सरिर, भोक प्यासले छटपटाएको अवस्था र दुखि गर्भावस्थाबाट अलग हुने इच्छा गर्दछु, हे भगवान ! मलाई कहिले यो दु:खबाट बाहिर निकाल्नुहुन्छ ? सबैमा दया गर्ने ईश्वरले मलाई यो ज्ञान दिनु भएको छ, उनै ईश्वरको शरणमा मैले जानु पर्छ, यसैले मेरो पुन: जन्म-मरण हुन उचित छैन ।

गरुड पुराणको अनुसार आमाको गर्भमा पालिएको शिशुले फेरी सोच्न थाल्छ कि म बाहिर गएँ भने पाप गर्न सक्छु, अरुलाई दु:ख दिन सक्छु । फेरी उसले सोच्न थाल्छ कि यदी म बाहिर गईन भने मैले अरुको उद्दार पनि गर्दिन अनि गर्भमै तुहिएर आफ्नो आत्मालाई शान्त पनि पार्न सक्दिन, म गर्भबाट बाहिर निस्कनै पर्छ अनि भगवानको श्रीष्टिलाई उद्दार गर्नै पर्छ ।

यसै प्रकार गर्भमा बुद्धि विचार गरि शिशु दश महिनासम्म स्तुति गर्दै-गर्दा प्रसूतिको समयमा आमाको यो नीद्वार मार्फत संसारमा जन्म लिन्छ । प्रसूतिको हावा मार्फत उसै समय शिशु श्वास लिन सुरु गर्छ तथा अब उसलाई कुनै पनि कुराको ज्ञान पनि हुँदैन ।

गर्भबाट अलग भई शिशु ज्ञान रहित हुन्छ, यसै कारण जन्मना साथ् उ रुन थाल्छ । गरुड पुराणको अनुसार जुन समय शिशु कर्म योगद्वारा गर्भबाट बाहीर आउँछ, उसै समय भगवान विष्णुको मायाबाट उ मोहित हुन्छ ।

मायाबाट मोहित तथा विनाश उ केहि बोल्न सक्दैन अनि बाल्यावस्थाको दु:ख पनि भोग्न सुरु गर्छ । यसै प्रकारले शिशुले भगवानले बनाएको नियमलाई पालना गर्दै जान्छ अनि फेरी यौ वन अवस्थामा नयाँ गर्भ बनाउने जिम्मेवारी लिंदै आफ्नो जन्मलाई सार्थक बनाउँछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७