मनोरञ्जन

थोरै पारिश्रमिक लिएर टिभी छिरेकी नायिका दिव्यांका (फाेटाेफिचर)

थोरै पारिश्रमिक लिएर टिभी छिरेकी नायिका दिव्यांका (फाेटाेफिचर)

भारतिय चर्चित टिभी सिरियल ये हैं मोहब्बतेूकी चर्चित नायिका हुन् दिव्यांका त्रिपाठी ।उनि टिभी सिरियल ‘ये हैं मोहब्बते’बाटनै निकै चर्चमा आएकी हुन् । उनि एक टेलीविज़न उद्योगमा काम गर्ने अभिनेत्री समेत रहेकी छिन् ।

दिव्यांकाले ज़ी टीवीमा ‘ मैं तेरी दुल्हन’ सिरियलमा एक दोहरी भूमिका निभाएकी थिइन् । दिव्यांकाले भारतीय टेलीविज़न अकादमी द्धारा एक सर्वश्रेष्ठ अभिनेत्री छनोट समेत भएकी थिइन् । उनले सिरियल ये’ हैं मोहब्बते’मा इशिता अर्थात एक संस्कारी बुहारीको भुमिका निभाएकी थिइन् ।

उनको जन्म १४ दिसम्बर १९८४ मा भएको हो । नूतन कॉलेजमा उनले शिक्षा हासिल गरेकी हुन् । सिरियलबाटनै धेरै पुरस्कार जिति सकेकी उनले २०१५ मा भोपाल अवार्ड पनि प्राप्त गरी सकेकी छिन् ।

उनि टेलीविज़नकी सबै भन्दा लोकप्रिय अभिनेत्रि मध्य एक पर्दछिन् । दिव्यांका त्रिपाठीले धेरै सिरियलमा अभिनय गरीसकेकी छिन् । त्रिपाठी सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।

दिव्यांकाले बेला बेलामा आफ्ना हट तस्विर शेयर गरेकी हुन्छिन् । उनले एक कार्यक्रममा आफ्नो पारिश्रमिकको खुलासा गरेकी छिन् । अल इंडिया रेडियोको एक कार्यक्रम यो सब कुराको खुलासा गरेकी हुन् ।

उनले स्वयम रेडियोमा पनि कार्यक्रम चलाएको बताइन र उनले उक्त कार्यक्रमको २ सय ५० रुपैयाँ पारिश्रमिक पाउने कुराको खुलासाि गरेको भारतिय मिडियाले जनाएको छ । उनिसंगै भारतिय टिभि सिरियलका अन्य कलाकारले पनि यस कुराको खुलासा गरेका छन् ।

हेर्नुहाेस् उनका केहि तस्विरः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७