समाचार

डाक्टरलाई नाम भनेकाे निहुमा श्रीमानले मलाई कुटे…

डाक्टरलाई नाम भनेकाे निहुमा श्रीमानले मलाई कुटे…

आफ्नो सार्वजनिक पहिचान दाबी गर्नका लागि तीन वर्षअघि अभियान थालिएको थियो। पश्चिम अफगानिस्तानमा एकदमै ज्वरो आएपछि एक महिला स्वास्थ्य परीक्षण गराउन गइन्। चिकित्सकले उनलाई कोभिड-१९ भएको बताए।

दुखाइ र ज्वरोले शिथिल रबिया (नाम परिवर्तित) घर फर्किन् र उनले चिकित्सकले लेखिदिएको औषधिको कागज पतिलाई दिइन्। त्यो कागजमा पत्नीको नाम देखेर उनी धेरै रिसाए। “अपरिचित पुरुष”लाई नाम बताएको भनेर उनले रबियालाई पिटे।

अफगानिस्तानमा प्राय: परिवारका सदस्यहरूले घरबाहिरको कुनै पुरुषलाई नाम नखुलाउन महिलाहरूलाई दबाव दिन्छन्। तर अहिले केही महिलाहरू त्यो परम्पराविरुद्ध बोल्न थालेका छन्।

विरोधमा अभियानः यो विभेदपूर्ण परम्पराको बीजारोपण छोरीको जन्म भएकै बेला हुन्छ। छोरीको नाम राख्न वर्षौँ लाग्छ। विवाहको निम्तोमा महिलाको नाम उल्लेख हुँदैन। बिरामी पर्दा चिकित्सकलाई उनको नाम भन्न दिइँदैन। सहर समेत यस्तो अधिकारका लागि बोलिरहेकी छन्।

उनी यसलाई आफ्नो मौलिक अधिकार भन्छिन् । अनि मृ त्यु भएपछि मृत्युको प्रमाणपत्रमा वा चिहानको ढुङ्गामा पनि महिलाको नाम लेखिँदैन। यही कारणले अहिले अफगानिस्तानका केही महिलाहरूले आफ्नो नाम स्वतन्त्र रूपमा प्रयोग गर्न पाउनुपर्ने मागसहित अभियान चलाइरहेका छन्।

(मेरो नाम कहाँ छ) नारा लेखिएको पोस्टर धेरै ठाउँमा टाँसिएको छ र सामाजिक सञ्जालमा पनि मानिसहरूले त्यसबारे लेखिरहेका गरेका छन्।

‘मेरो बुवा, दाजुभाइ र विवाह गर्ने केटाको इज्जत’ः हेरात प्रान्तकै अर्की महिलाले आफ्नो परिचय खुलाउन चाहिनन् र रेडिओका लागि बोल्न पनि मानिनन्। उनले भनिन्, “जब कसैले मलाई मेरो नाम सोध्छ तब म मेरो बुवा, दाजुभाइ, विवाह गर्ने केटाको इज्जत सम्झेर नाम भन्न अस्वीकार गर्छु।

“मैले किन मेरो परिवारलाई निराश बनाउनू? मेरो नाम उल्लेख गर्नुको अर्थ के छ?” “मलाई मेरो बुवाको छोरीको रूपमा वा दाइको बहिनीको रूपमा चिने हुन्छ। अनि भविष्यमा पनि मलाई मेरो पतिकी पत्नीकी रूपमा र छोराकी आमाको रूपमा चिने हुन्छ।”

यो अभियानमा अफगानिस्तानका कतिपय चर्चित मानिसहरू पनि सहभागी भएका छन्, कथाहरू आश्चर्यलाग्दा भए पनि नौला भने होइनन्। महिलाको नाम प्रयोग गर्नुलाई अफगानिस्तानका थुप्रै क्षेत्रमा अझै पनि परिवारको प्रतिष्ठाविरुद्ध मानिन्छ।

अफगानिस्तानका पुरुषहरू आफ्ना आमा, दिदीबहिनी र पत्नीको नाम सार्वजनिक स्थलमा लिँदैनन् किनभने यसलाई लज्जाजनक र अपमानका रूपमा लिइन्छ।

उनले खाटमुनि लुकेर तालिबानबाट ज्यान बचाए । अफगानिस्तानको अवस्था थप किन बिग्रिँदैछ ।अफगानिस्तानमा जन्मदर्ताको प्रमाणपत्र बनाउँदा पनि बुवाको नाम मात्रै उल्लेख गर्नुपर्छ।

पतिको ‘अनुपस्थिति’ः यसले व्यावहारिक कठिनाइ मात्रै नभई भावनात्मक असर पनि निम्त्याउँछ। बालविवाह भएकी फरिदा सदातले १५ वर्षको उमेर पहिलो सन्तान जन्माइन्। उनी र उनका पति छुट्टिए र उनी चार सन्तानसहित जर्मनी गइन्।

उनका पतिको भौतिक वा भावनात्मक कुनै उपस्थिति आफ्ना सन्तानको जीवनमा नभएको उनी बताउँछिन्। त्यसैले उनलाई आफ्ना सन्तानको परिचयपत्रमा पतिको नाम उल्लेख गर्नु अनुपयुक्त लाग्छ। फरिदा सदात आफ्नो सन्तानको परिचयपत्रमा तिनका बुवाको नाम राख्न अस्वीकार गर्छिन् ।

“मेरा सन्तानलाई मैले एक्लै हुर्काएकी हुँ। मलाई अर्को विवाह गर्न नदिन मेरा पूर्वपति छोडपत्र गर्न मानेका छैनन्।

“अहिले मैले पनि मेरा सन्तानको परिचयपत्रमा उनको नाम उल्लेख गर्न मानेकी छैन। अफगानिस्तानमा पुरुषहरूको मेरो पूर्वपतिका जस्तै थुप्रै श्रीमती हुन्छन् र उनीहरूले बालबालिकाको रेखदेख गर्दैनन्। म अफगानिस्तानका राष्ट्रपतिलाई आमाको नाम बच्चाको जन्मदर्ता र परिचयपत्रमा उल्लेख गर्ने कानुन बनाउन माग गर्छु।”

अभियानकोजः थालनी अभियान सुरु गर्ने महिला लालेह उस्मानी, “यो यस्तै भइरहन सक्दैन,” २८ वर्षीय अफगान महिलालाई तीन वर्षअघि यस्तो लागेको थियो।

हेरात प्रान्तकी लालेह उस्मानीले दिक्क भएर “मेरो नाम कहाँ छ” भन्ने अभियान सुरु गरिन्। महिलाहरूले आफ्नो पहिचानसम्बन्धी आधारभूत अधिकार पाउनुपर्छ भन्ने उनको धारणा थियो।

बीबीसी अफगान सेवासँग बोल्दै उस्मानीले आफू र आफ्ना साथीहरूले किन अफगानिस्तानका महिलाहरूलाई परिचय खुलाउन दिइएको छैन भनेर खासगरी महिलाहरूलाई प्रश्न गरिएको बताइन्।

“यो अभियान सुरु भएपछि सरकारलाई जन्मदर्तामा किन बुवाको मात्रै नाम छ र महिलाको नाम उल्लेख गरिँदैन भनेर झक्झाउने उद्देश्य एक कदम अगाडि बढेको छ,” उनले भनिन्। उनका अनुसार बीबीसी अफगान सेवाले यो अभियानबारे समाचार बनाएपछि सांसद मारियम सामाले यो अभियानबारे संसद्‌मा बोलिन्।

उनले जन्मदर्तामा आमाको नाम पनि उल्लेख हुनुपर्ने कुरा उठाइन् र यो विषयमा थप छलफल हुनुपर्ने विषयमा समर्थन रहेको भन्दै ट्वीट पनि गरिन्। उस्मानीको अन्तर्वार्ता बीबीसीको फेसबुक पेजमा राखिएपछि केहीले समर्थन र धेरैले त्यसको आलोचना गरेका थिए।

मेरो नाम कहाँ छ अभियानबारे मारियम सामाले संसद्‌मा कुरा उठाइन् । तर केही चर्चित व्यक्तित्वले यो अभियानमा साथ दिएका छन्। सङ्गीतकार तथा गायक फरहाद डार्‍या र गायिका तथा गीतकार अर्‍यना साइद तिनै चर्चित व्यक्तिमध्येका हुन्।

अफगानिस्तानका समाजशास्त्री अलि कावेह भन्छन्, “पितृसत्तात्मक समाज भएको भएर इज्जतको नाममा महिलाहरूलाई घरभित्रै बस्न मात्रै होइन कि नाम लुकाउन पनि बाध्य पारिन्छ। अफगान समाजमा सबैभन्दा असल महिला त्यो हो जसलाई कसैले देखेको छैन र जसका बारेमा कसैले सुनेको छैन।”

अफगानिस्तानमा तालिबानको शासन ढलेको करिब दुई दशक पुग्न लाग्दा, राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले महिलाहरूलाई सार्वजनिक जीवनमा फिर्ता ल्याउने प्रयास गर्दै आएका छन्। तर रबिया जस्ता महिलाहरू आज पनि चिकित्सकलाई आफ्नो नाम भनेकै कारणले पतिबाट कुटाइ खाइरहेका छन्। स्राेतः बिबिसि न्यूज नेपाल

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७