मनोरञ्जन

डिस्चार्ज हुँदै अमिताभ र अभिषेक, कोरोनालाई जिते

डिस्चार्ज हुँदै अमिताभ र अभिषेक, कोरोनालाई जिते

बलिउड चर्चित सुपरस्टार अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनले कोरोनालाई जितेसँगै उनीहरु घर फर्किने तयारीमा रहेका छन् ।

विगत २ हप्तादेखि मुम्बाईको नानावटी अस्पतालमा उपचार गराइरहेका अमिताभ र अभिषेक कोरोना मुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भएको जनाइएको छ ।

भारतीय मिडियाका अनुसार पछिल्लो पटक गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । उनीहरु केही दिन होम क्वारेन्टाइनमा बसेपछि सोही अस्पतालमा भर्ना भएर उपचाररत छन् ।

सोही अस्पतालमा उपचाररत नायिका ऐश्वर्या र छोरी आराध्याको कोरोना रिपोर्ट भने आउन बाकीँ रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७